जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

रोल्पामा छुट्टाछुट्टै तीन महोत्सव हुने

0 comments

सबै महोत्सवमा स्थानीय बस्तुको प्राथमिकता
१७ पुस, रोल्पा ।
रोल्पा सदरमुकाम लिबाङका साथै पूर्वी र पश्चिम गरी जिल्लामा तीन स्थानमा ठूला महोत्सव हुने भएका छन् । स्थानीय उत्पाडित बस्तुको प्रचारप्रसार, पर्यटन क्षेत्रको सम्भावित अध्ययन तथा विकास, धार्मिक क्षेत्रको सम्बद्र्धन तथा स्थानीय विविध संस्कृतिको प्रवद्र्धन, प्रचारप्रसार र विकासका लागि यस प्रकारको महोत्सव गर्न थालिएको बताइएको छ । दशवर्षे सशस्त्र युद्धका क्रममा स्थापित विभिन्न भौतिक संरचनाको संरक्षणमा पनि यस्ता महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रथम रोल्पा महोत्सव
जिल्ला सदरमुकाम लिबाङमा पहिलोपटक फागुन ६ देखि १२ गतेसम्म प्रथम रोल्पा महोत्सव सञ्चालन गरिने भएको छ । रोल्पा उद्योग वाणिज्य संघको आयोजनामा हुने उक्त महोत्सवमा स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्य राखिएको रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो । कृषि, व्यापार, हस्तकला, महिला उद्यमीद्वारा उत्पादित बस्तु प्रदर्शनी तथा विक्री उक्त महोत्सवको मुख्य आकर्षण रहेको अध्यक्ष सुवेदीले बताउनुभयो । महोत्सव सफल पार्न सुवेदीको संयोजकत्वमा पाँचसय पचपन्न सदस्यीय मूल समारोह समिति समेत गठन गरिएको छ । सदरमुकाममा हुने महोत्सवबाट मुख्यतः स्थानीय उत्पादनको प्रदर्शनका साथै सम्भावित पर्यटकीय क्षेत्रका विषयमा समेत पोष्टरहरुमार्फत जानकारी दिने उद्देश्य राखिएको जिविसका पर्यटन फोकल पर्सन दिपक डिसीले बताउनुभयो ।

माडीचौर महोत्सव
‘मौलिक संस्कृतिको प्रवद्र्धन, खेलकुद विकास समृद्ध निर्माणको अभियान’ भन्ने नारासहित पश्चिमी रोल्पाको माडीचौरमा महोत्सव हुने भएको छ । रोल्पा माडी सांस्कृतिक तथा खेलकुद महोत्सव नाम दिइएको उक्त महोत्सव मगरहरुको ठूलो पर्व माघी सकारातीको अवसरमा हरेक वर्ष आयोजना गरिन्छ । महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सव मूल समारोह समितिका संयोजक दीपेन्द्र पुनमगरले जानकारी दिनुभयो । माघ १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा फूटबल, भलिबल, व्याडमिन्टन, टेबल टेनिस, गायन, नृत्य, दोहोरी गीत, लोक सांस्कृतिक लगायतका प्रतियोगिता राखिएको छ । कार्यक्रमका लागि रोल्पा उद्योग वाणिज्य संघ, स्थानीय क्लवहरुले सहकार्य गरेका छन् भने नेपाल पर्यटन वोर्ड प्रवद्र्धकको रुपमा रहेको छ । महोत्सवमा आम्दानीको निश्चित लक्ष्य नराखिए पनि स्थानीय कला संस्कृति र खेलकुदको प्रचारप्रसारमा महत्वपूर्ण उपलब्धी रहने संयोजक पुनमगरले बताउनुभयो ।

चतुर्भूज महोत्सव
पूर्वी रोल्पाको खुंग्रीमा चतुर्भूज माण्डवी कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव हुने मूल आयोजक समितिका संयोजक चेतन कुवरले जानकारी दिनुभयो । धार्मिक हिसावले चर्चित चतुर्भूज मन्दिर क्षेत्रमा लाग्ने मेलाकै सन्दर्भमा माघ १५ देखि १९ गतेसम्म सञ्चालन हुने संयोजक कुवरले बताउनुभयो । ‘कृषि, जलस्रोत, पर्यटन, उद्योग प्रवद्र्धनका लागि’ हुने भनिएको महोत्सवमा स्थानीय बस्तुहरुको विशेष प्रदर्शनी राखिने प्रचारप्रसार संयोजक भरत नेपालीले बताउनुभयो । हवाई अवलोकन, प्याराग्लाइडिङका साथै सयभन्दा बढि व्यापारिक स्टलहरु राखिने नेपालीले बताउनुभयो । महोत्सव सम्पन्न गर्न प्यूठान र रोल्पाका केही गाविसका साथै स्थानीय संघसंस्थाहरुले सहकार्य गरेका छन् ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger