जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

संविधान संशोधनमा सहमतिको विकल्प छैनः प्रम दाहाल

0 comments

९, पुस रोल्पा ।
प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन क्षेत्र बचाउन केही नेता उर्लिए पनि पार्टीको ह्वीप मान्नैपर्ने बताउनुभएको छ । शनिबार रोल्पाको घर्तीगाउँमा बोल्दै दाहालले संविधान संशोधन प्रस्तावमा अन्ततः सबैले सहमति गर्ने विश्वास व्यक्त गर्नुभयो । संसद समेत अवरुद्ध पारेर लोकतन्त्रको उपहास गरेको आरोप लगाउँदै उहाँले लोकतन्त्रमा जबर्जस्ती नचल्ने ठोकुवा गर्नुभयो । ‘कि त संसदै मान्दैन भन्नुस्’ प्रतिपक्षी दलतर्फ संकेत गर्दै उहाँले भन्नुभयो ‘सक्नुहुन्छ भने दुईतिहाई पु¥याएर फेल गर्नुस् तर संसद अवरुद्ध नगर्नुस् ।’ प्रतिपक्षी दल पनि प्रस्तावित विधेयकमा सहमतिमा आउनैपर्ने उहाँको दावी छ । संविधान निर्माणअघि नै एमाले अध्यक्ष केपी ओली प्रस्तावक र सुशील कोइराला समर्थक भएर आइसकेको प्रस्तावित मस्यौदालाई नै आवश्यक सम्पादनसहित संसदमा पेश गरेको भन्दै उहाँले भन्नुभयो ‘विडम्बना छ, जसले प्रस्ताव ग¥यो त्यही दल उग्र बनेर जनतालाई उत्तेजित बनाइरहेको छ ।’ नैतिकताको हिसावले पनि एमालले यसको विरोध गर्ननहुने दाहालको तर्क छ ।

निकाय होइन स्थानीय तहको निर्वाचन
प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचन नै अहिलेको सरकारको प्राथमिकता रहेको बताउनुभयो । समय थोरै भए पनि तीनै तहको निर्वाचन गर्न सकिने विश्वास व्यक्त गर्दै उहाँले स्थानीय तहको निर्वाचनपछि प्रदेश र केन्द्रको एकैचोटी पनि गर्न सकिने बताउनुभयो । ‘प्रदेश र केन्द्रको एकैचोटी निर्वाचन गरियो भने समय पर्याप्त हुन्छ’ उहाँले भन्नुभयो । संविधान कार्यान्वयनका लागि पनि संविधान संशोधन अनिवार्य र संशोधन विना निर्वाचन हुननसक्ने अवस्थाका कारण प्रस्ताव पेश गरिएको उहाँले बताउनुभयो । प्रस्ताव संसदमा दर्ता हुनु चारमहिना अगावैदेखि सत्तापक्ष, प्रतिपक्ष र मधेसी दलहरुसँग व्यापक छलफल गरिएको उहाँको भनाई छ । स्थानीय निकायको निर्वाचन हल्लामात्र भएको भन्दै उहाँले संविधानमा उल्लेख भएवमोजिम नै स्थानीय तहको निर्वाचन हुने बताउनुभयो ।

रोल्पा रुकुमलाई हेपेको होइन
संक्षिप्त पत्रकार भेटघाटमा बोल्दै प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले संशोधन प्रस्तावमा रोल्पा रुकुमलाई हेपेको नभई मगरात स्वायत्त प्रदेश बनाउन सहमतिमै प्रस्ताव ल्याइएको र हेप्ने कुरा कल्पना समेत गर्न नसक्ने दावी गर्नुभयो । ‘अन्ततः मगरात स्वायत्त प्रदेश मिलाउन यसो गरिएको हो’ दाहालले भन्नुभयो ‘यसमा आदिवासी जनजाति, मधेसी, थारु सबैलाई थोरै भए पनि सम्बोधन गर्ने प्रयास गरिएको छ ।’ संशोधन प्रस्ताव पूर्णतः सन्तुष्टि हुने खालको नभए पनि यसबाट अगाडि बढ्न ढोका भने खोलिएको दाहालको दावी छ ।

शहीदमार्ग निरीक्षण
प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धकालीन समयमा निर्माण थालिएको शहीद मार्गको निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा शनिबार रोल्पाको घर्तीगाउँमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले शहीद मार्ग सडक आयोजनालाई निर्धारित समय अगावै गुणस्तरीय हिसावले सम्पन्न गर्न निर्देशन दिनुभयो । आफूले नै परिकल्पना गरेर निर्माण थालिएको दावी गर्दै दाहालले शहीद मार्गसँग आफ्नो विशेष सम्बन्ध रहेको बताउनुभयो । संविधान कार्यान्वयका साथै सरकारको अर्को प्राथमिकतामा विकास निर्माण पनि रहेको भन्दै उहाँले युद्धपर्यटनका लागि आवश्यक पहल भइरहेको बताउनुभयो । संविधानसभाको पहिलो निर्वाचनमा रोल्पा–२ बाट निर्वाचित भइ प्रधानमन्त्री समेत बनेको स्मरण गर्दै उहाँले मार्ग निर्माणमा जुनसुकै समस्या आएपनि आफूलाई जानकारी गराउन आग्रह समेत गर्नुभयो । प्रधानमन्त्री दाहालले शहीद मार्गको निरीक्षण गर्नुका साथै रुकुमको चुन्बाङमा युद्धसंग्रहालयको समेत उद्घाटन गर्नुभएको छ । दाहालले गुरिल्ला ट्रयाकिङ मार्ग, युद्ध संग्रहालय तथा शहीदमार्गका लागि आफूले विशेष पहल गर्ने आवश्वासन समेत दिनुभयो । कार्यक्रममा शहीद मार्ग योजना प्रमुख सुबोध कुमार देवकोटाले योजनाबारे बोल्नुभएको थियो । २ सय १० किलोमिटर कुल लम्बाई रहेको उक्त मार्गको १ सय ८२ किलोमिटर ट्रयाक खोलिसकिएको समेत देवकोटाले जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालसँगै नेताहरु नारायणकाजी श्रेष्ठ प्रकाश, रामबहादुर थापा बादल, वर्षमान पुनमगर, टोपबहादुर रायमाझी लगायतका नेताहरु रोल्पा पुगेका थिए ।

दाहालको रोल्पा मोह
मुलुकमा चरम संकटको अवस्था तथा विभिन्न कारणले तनावमा रहेका बेला दाहाल रोल्पा पुग्ने गरेको उहाँ स्वयंले बताउँदै आउनुभएको छ । उहाँ यसअघि रोल्पा पुग्दा ‘शक्ति सञ्चय गर्न रोल्पा आएको’ दावी गर्नुहुन्थ्यो । दशवर्षे सशस्त्र जनयुद्धका क्रममा रोल्पाका विभिन्न गाउँमा भूमिगत बस्नुभएका दाहाल अहिले रोल्पालीका लागि भने ‘अन्चिनार’ लाग्न थालिसकेको रोल्पाबासीको गुनासो छ । संविधान सभामा पेश भएको संविधान संशोधन प्रस्तावका कारण रोल्पा दुई चिरामा विभाजित छ । हेलिकप्टरबाट घर्तीगाउँ झर्नुभएका दाहालले केही टाढा जंगलमा आफ्नै विरुद्धको नारा जुलुस लागिरहेको पनि सायद चाल पाए । दाहाल नेतृत्वको पार्टी माओवादी केन्द्र र जनजाति संगठनहरुमात्र प्रस्तावको समर्थनमा देखिए पनि अन्य दल तथा संघसंस्था भने प्रचण्ड सरकारकै विरुद्धमा नाराबाजी गर्दै सडकमा छन् । प्रधानमन्त्री दाहाल पहिलो संविधानसभामा रोल्पा –२ बाट प्रत्यक्ष निर्वाचित हुनुभयो । ‘आधार इलाकामा मोडेल काम’ भन्दै थालिएको शहीद मार्ग निर्माणमा उहाँ निर्वाचित भएसँगै कायापलट हुने अपेक्षा सोचेअनुरुप पूरा नभएकोमा जनता असन्तुष्ट रहेको रोल्पाबासी बताउँछन् । तर दाहालको विर्सनै लाग्दा हुने भ्रमणले भने रोल्पालीको आशा पूर्णतः मरिनसकेको सर्वसाधारणको भनाई छ ।

रोल्पालीमा आशाको सञ्चार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रोपटक प्रधानमन्त्री भएपछि पहिलोपटक रोल्पा पुग्नुभएको हो । युद्धकालीन अवस्थामा निर्माण थालिएको शहीदमार्गको निरीक्षणका क्रममा दाहाल रोल्पा पुग्नुभएको हो । दाहालको भ्रमणले रोल्पालीमा आशाको सञ्चार फैलिएको भाबाङका भरत बुढामगर बताउनुहुन्छ । ‘राजधानी छिरेपछि रोल्पासँगको साइनो छुटेको आभाष कम भएको छ’ उहाँले भन्नुभयो ‘रोल्पाको समग्र विकास माओवादीको अगुवाईविना असम्भव छ ।’ शहीद मार्ग र गुरेल्ला ट्रयाकिङ मार्गका लागि अनुगमण गर्न रोल्पा पुग्नुभएका प्रधानमन्त्री दाहालले शहीद मार्गलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने पाछाबाङका दलबहादुर बुढा बताउनुहुन्छ । दाहालले युद्ध संग्रहालयको रुकुम चुन्बाङमा उद्घाटन समेत गर्नुभयो । चर्चित चुन्बाङ बैठक जहाँबाट माओवादीले शान्तिप्रक्रियाको बाटो अवलम्बन गरेको थियो ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger