जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

गरिबको पर्व

0 comments

चाडपर्वको समय । सबैतिर औकात अनुसारको रमझम । फैलिदै थियो सफ्तारमा । रमझमको उल्लासमा सबै पीडालाई थिचेर अरुको हर्षमा बनावती हाँसो मिसाउँदै डम्मरे घरमै बसिरहेको थियो । ‘कालापार’ गएका उनका बुवा कमाई विग्रेकाले तिहार मान्न घर नफर्किने कुराले सप्पै परिवार दुःखी थिए । 
‘यो दवारामा त हजारी फूलको माला लिनु है बैनी ?’
आर्थिक स्थिति जे सुकै होस् तर पनि तिहारको महत्वलाई भड्किलो बनाउनेहरु देखि आजित डम्मरे परम्परागत संस्कारको पक्षमा उभिन्छ ।
आधुनिकताको नाममा प्लाष्टिकका फूलले सहर मात्रै होइन सिंगो गाउँ नै खाइसकेको छ ।
स्कुल जाँदै बचेको केही समयमा ध्यारी मजदुरी गरेर कमाएको चारपाँच सय रुपैयाँले जेनतेन सानो खुशी बाँड्ने योजना डम्मरेमा बन्छ । ठूलै बाध्यताको अगाडि उसले नतमष्टकता पेश गर्नुको विकल्प थिएन । तिहार सुरु भयो । गाउँका तरुनी तन्नेरीहरु दिनै पिच्छे थरिथरिका कपडा फेर्दै रमाउन थाले । डम्मरेका साथीहरु सुमन, सेते, बलबीर सबैले उसलाई बेवास्ता गर्न थाले । भैलोको निम्ति विभिन्न नानाभाँतीका समूहहरु तयार भए, आमा समूह, साँस्कृतिक समूह, बाल समूह यस्तै–यस्तै । तर डम्मरेलाई कसैले बोलाएनन् । 
महंगीको समय । जाबो चारपाँच सय रुपैयाँले के के पो किन्ने ? अनि हुल बाँधेर आउने देउसी भैलोहरुलाई कसरी पठाउने ? डम्मरे चिन्तामा प¥यो । 
गाउँका मात्रै नभएर गाउँ बाहिरका टोलीहरु पनि यसपाली निकै देखिन थाले भैलोको लागि । कोही विभिन्न साउण्ड सिस्टमको प्रयोग गरेर नाच्थे, कोही स्थानीय लोक बाजाको सहायताले नाच्थे । कोही आगनमा फनफनी घुम्थे मात्र । भैलेनीहरुले दक्षिणा टोकेर माग्थे । पाँचसय देखि माथि । डरै देखाउँथे । धेरै दिनेलाई रेडियोमा नाम फुकाइदिने रे । पत्रिकामा छापाइदिने रे । थोरै नाच्थे तर धेरै भाषण छाँतेर जान्थे । 

सुरुका टोलीहरुलाई जसोतसो विदाई गर्दैथियो डम्मरे । तर विस्तारै आफूसँग भएको सबै पैसा सकियो । कतिलाई त टीका लगाउन आएकी बैनीले विदाई दिइन् । थोरै पैसा दियो भनेर मन अमिलो बनाएपनि पहिलेका टोलीले त पाए तर बाँकी आउनेले ? डम्मरेले तिहार खुशी बाँड्ने पर्व होइन गरिबको लागि दुःख थप्ने पर्व भएको छिनभरमै सोच्यो । भैलो टीमहरुले पैसा कम दियो भनेर डम्मरेले सुन्ने गरेर नै गाली गरी गरी भट्याउँथे । चुपचाप डम्मरे केही गर्न सकेन, सुनिरह्यो मात्र । पर्व सकियो । गाउँमा भैलो टीमहरुले कसैले पैसा बाँडेर खाए, कसैले भोज भतेर गरेर तिहारलाई विदाई गरे । तर डम्मरेलाई तिहारले नराम्ररी थिच्यो । दान दक्षिणा त आफू खुशी हुनुपर्ने तर टोकेर माग्नेहरुले उसलाई पर्व देखि नै आजित बनाए । ज्यालादारी गरेर कमाएको चारपाँच सय रुपैयाँ पनि टोकी टोकी भैलो समूहहरुले रित्तो बनाइदिए । 

डम्मरे क्षतविक्षत भयो । साँच्चै यो बखत पैसै ठूलो लाग्यो डम्मरेलाई । सोच्यो सायद पैसा धेरै भइदिएको भए सबै भैलेनीलाई खुशी बनाउन सकिन्थ्यो । गाउँले साथीहरुसँग कुम जोडेर नाचिन्थ्यो । तर उफ् ! गरिबको तिहार । सोच्दा सोच्दै गल्न थाल्यो डम्मरे ।
केही दिनपछि बुवालाई फोन ग¥यो । घरको सबैकुरा सुनायो । फोन मै बाबुछोरा बेस्सरी रोए । अनि अन्ततः छोरापनि कालापार (मुग्लान) पैसा कमाउन जाने निर्णयमा पुग्यो घरपरिवार, पढाई सबैलाई चटक्कै मायाँ मारेर.........।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger