जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

‘सनस्टार’ युवा क्लव र राष्ट्रिय साप्ताहिक पत्रिकाले संयुक्त वार्षिकोत्सव मनाउने

0 comments

२२ मंसिर । जिल्लामै ठूलो क्लवको रुपमा स्थापित सनस्टार युवा क्लव रोल्पाले आफ्नो दोस्रो वार्षिक उत्सव यही फागुनको ५, ६ र ७ गते गर्ने निर्णय गरेको छ । क्लवले वार्षिक उत्सवको अवसरमा विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरुको समेत आयोजना गर्ने भएको छ ।
 जसमा जिल्ला स्तरिय फूटबल प्रतियोगितालाई मूख्य आकर्षणको रुपमा लिने बताइएको छ । क्लवका अध्यक्ष पूर्ण केसीको अध्यक्षता र सञ्चालक समितिका पदाधिकारीहरुको उपस्थितिमा शनिबार रोल्पाको लिबाङमा बसेको बैठकले उक्त निर्णय पारित गरेको हो । 
सनस्टार युवा क्लव अन्तरगतको सनस्टार राष्ट्रिय साप्ताहिकको पहिलो वार्षिक उत्सव पनि सोही समयमा मनाउने निर्णय भएको छ । पत्रिकाको वार्षिक उत्सवका अवसरमा वार्षिक समिक्षा कार्यक्रम सहित पत्रकार, साहित्यकार, कलाकार, राजनैतिक दल, सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिका बीचमा मैत्रीपूर्ण फूटबल प्रतियोगिताको समेत आयोजना गर्ने निर्णय भएको छ । 
बैठकले वार्षिक उत्सवमा मैत्रीपूर्ण फूटबल प्रतियोगिता, जिल्ला स्तरिय पुरुष फूटबल प्रतियोगिता, लोकदोहोरी प्रतियोगिता लगायतका कार्यक्रमहरुको आयोजना गर्ने निर्णय गरेको छ । साथै सोही अवसरमा बक्सिङ, कराँते, टेक्वान्डो, बृहत साँस्कृतिक तथा साङ्गीतिक कार्यक्रमको प्रस्तुति समेत रहने बताइएको छ ।
कार्यक्रम सफल बनाउनको लागि जिल्लामा रहेका रेडियो जलजला र रोल्पा समाचार साप्ताहिकलाई मिडिया पार्टनरको लागि अनुरोध गर्ने लगायतका निर्णय गरिएको अध्यक्ष पूर्ण केसीले जानकारी दिनुभयो ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger