जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

रोल्पामा निर्वाचन सुरक्षा व्यवस्था कडा पारिएको सरोकारवालाहरुको दावी

0 comments

कार्तिक २८, रोल्पा । संविधानसभाको निर्वाचन आउन जम्मा चारदिन मात्र बाँकी रहेको बेला रोल्पाका सरोकारवाला निकायहरुले छलफललाई तिब्र बनाइरहेका छन् ।
निश्पक्ष निर्वाचन, आम नागरिकको शान्ति सुरक्षा र समाधानका उपाय बिषयक अन्तरक्रिया कार्यक्रम आज सदरमुकाममा सम्पन्न भएको छ । कार्यक्रममा जिल्लामा भईरहेको निर्वाचन आचार संहिताका गतिविधि, जिल्लाको सुरक्षानीति, राजनैतिक दलको व्यवहारिक क्रियाकलाप, सञ्चार माध्यमको आचार संहिता लगायत विविध बिषयमा समेत ब्यापक छलफल भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी महादेव पन्तले शान्ति सुरक्षाको लागि सबै तयारी पुरा भइसकेकोले कुनै डर त्रास विना मतदान गर्न आव्हान गर्नुभयो । त्यस्तै प्रहरी नायव उपरिक्षक ओम रानामगरले निशस्त्र रुपमा धेरै सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो । उहाँले चुनावको दिन होटेल, रेष्टुरेण्ट तथा शंकास्पद ठाउँहरुमा छापा मारिने समेत जानकारी दिनुभयो । हुरेक रोल्पाको सहकार्य र जिल्ला प्रहरी कार्यालयको आयोजनामा रोल्पाको लिबाङमा भएको अन्तरक्रियामा जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, पत्रकार, नागरिक समाजका अगुवाहरुको सहभागितामा छलफल भएको छ ।
जिल्लामा पछिल्ला समयमा भईरहेका विविध गतिविधिका बारेमा सञ्चार माध्यमबाट ब्यापक आईरहेको बताउँदै सहभागिहरुले हुन लागेको चुनावको गतिविधी पश्चात आम मतदाताहरुको सुरक्षाको ग्यारेन्टी हुनुपर्नेमा सुझाएका छन् । राजनैतिक दलहरुको खिचातानीमा मतदाताहरुको भोट हाल्न पाउने अधिकार बन्चित हुन सक्ने, भोट हालेपछि पनि विविध डर, धम्की आउन सक्ने आशंका सहित सहभागिहरुले यसप्रति सुरक्षा ब्यवस्था मजबुत हुनुपर्नेमा सुझाव दिएका छन् । यस्तै सहभागिहरुले राजनैतिक दलहरुले गरेका विभिन्न क्रियाकलापहरु मर्यादा बिपरित हुन थालेको भन्दै नीति नियम बिपरित जानेलाई कारवाही गर्नुपर्ने समेत बताएका छन् ।
कार्यक्रममा सुरक्षानीतिको कडा प्रबन्ध मिलाईएको प्रहरी नायव उपरिक्षक ओम रानामगरले बताउनुभयो ।
अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी महादेव पन्तले, निर्वाचन कार्यक्रम संयोजक रामकुमार आचार्य, प्रहरी नायव उपरिक्षक ओम रानामगर, प्रमुख निर्वाचन अधिकृत उपेन्द्र प्रसाद गौतम, गणपति उन्नत राणा, सशस्त्र प्रहरी प्रमुख द्रोण बिक्रम शाह लगायतको आतिथ्यता रहेको थियो ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger