जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

संयोगले जुरायोः तिहारमा भेट

0 comments

नवीन लोचनमगर  कार्तिक २६, रोल्पा । पाछाबाङ–६, की मीना बुढा अहिले कोठा भाडा लिएर दाङको घोराहीमा बस्छिन् । आमाबुवाको प्रेरणाबाट सानै उमेरमा माओवादी आन्दोलनमा होमिएकी उनी धेरै समय सांस्कृतिक कर्मी भएर काम गरिन् । कलाकार भएर इकाई स्तरबाट काम गर्दै अगाडि बढेका उनी गाविस, इलाका हुँदै जिल्ला स्तरसम्म पुगिन् । नृत्यमा राम्रो दख्खल भएकी उनी इमान्दार र त्यत्तिकै मेहनति थिइन् ।
मनिषा नामले परिचय बनाएका उनलाई जनयुद्धको आवश्यकता भन्दै जनमुक्ति सेनामा पठाइयो । माओवादी सेना बनेर विभिन्न लडाइको समेत अनुभव संगालेकी मीना ५ वर्षे क्यान्टोनमेन्टको कठोर जीवन समेत सहर्ष गुजारिन् । सेना समायोजनको प्रक्रियासम्म आउँदा प्लाटुन कमाण्डरको पदसम्म सम्हालेका उनी तत्कालिन बटालियन कमाण्डर पूर्णबहादुर वली ज्वालाका श्रीमती हुन् । ज्वाला हाल एकीकृत नेकपा (माओवादी)का राज्यस्तरका नेता छन् । तर माओवादी आन्दोलनको मोडसँगै स्वेच्छिक अवकास रोजेर उनी ५ लाखसहित सामान्य जीवनमा फर्किइन् । जनयुद्धको क्रममा छुटेका बहिनीहरुसँग बेला बेला भेट भए पनि पर्वकै अवसरमा भने २०५६ सालदेखि अहिलेसम्म नभएको मीनाको भनाई छ ।
त्यस्तै अर्का बहिनी खीमा बुढा पनि माओवादी आन्दोलनमै हिँडेका व्यक्ति हुन् । तत्कालीन माओवादी युद्धकै बेला प्रहरी दमन होस् या सेनाको विभिन्न अप्रेशनको क्रममा होस् उनीहरु प्रत्यक्ष वा अप्रत्यक्ष पीडित बनिरहे । कलाकारीता क्षेत्रबाट नै आन्दोलनमा छिरेका खीमालाई पार्टीले सुस्माको नाम जुराइदियो । सुस्माकै नामले चर्चित उनी सांस्कृतिक क्षेत्रको लामो अनुभवपछि जनस्वास्थ्यकर्मी पनि बने । सामाजिक सेवाले ओतप्रोत उनी कसरी जनताको सेवामा नजिक रहन सकिन्छ भन्ने कुरामा सधंै ख्याल गरिरहने व्यक्ति हुन् । समयको क्रमसँगै रुकुमका जनक बुढासँग बैवाहिक जीवनमा बाँधिएकी सुस्मा हाल रुकुमकै स्थानीय प्राथमिक विद्यालयमा पढाउँछिन् । श्रीमान् जनक बुढा पनि जनमुक्ति सेनामै कार्यरत थिए । सेना समायोजनको प्रक्रियासँगै उनी समायोजनमा गए ।
त्यस्तै अर्का कान्छी बहिनी हुन्, पुष्पा । आमाबुवा र दिदीहरु आन्दोलनमा लागेपछि आमाको पिठ्यूँबाटै क्रान्ति र परिवर्तनका कुरा सुन्दै आएका पुष्पाले पनि स्थानीय कलाकारमा काम गरिन् । माओवादी जनयुद्धका कारण चाड पर्वहरुमा सँगै बस्न नपाएका एकै घरका तीन बहिनी मीना बुढा, खीमा बुढा र पुष्पा बुढा संयोगले यो वर्षको तिहार सँगै मनाए । जनयुद्ध सुरु भएदेखि नै आमा दिलकुमारी बुढा र बुवा दलबहादुर बुढा आन्दोलनमा हिँडेपछि उनीहरु पनि बुझेर वा नबुझेर सानै उमेरमा आन्दोलनमा होमिए । संयोगले यसपालिको तिहारको अवसरमा माइती घरमा भेट भएका उनीहरु एक मात्र दाजु कमलप्रकाश बुढा घरमा नभई रोजगारीको शिलशिलामा विदेशिएका कारण केही खिन्न देखिन्थे । ‘टीका लगाएर सबै घर परिवारले रमाइलो गर्ने मन त अवश्य थियो तर दाजु नै हुनुहुन्न’ खीमाले भने ‘सबै बहिनीहरु सँगै बस्न पाउँदा रमाइलो लागिरहेको छ यसैमा खुशी छौं ।’ आन्दोलनमा त्याग, तपस्या र बलिदान गरेकाहरुलाई पार्टी र सरकारले हेर्नुपर्ने उनीहरुको भनाई छ । जनताले फेरि युद्ध नचाहेको मनिषाको बताइन् । उनले भनिन् ‘यो परिस्थितिमा युद्ध गरेर कहिल्यै समस्याको समाधान हुँदैन । अब जसरी हुन्छ शान्तिपूर्ण तरिकाबाट संविधान निर्माण र देश विकासमा अग्रसर हुन जरुरी छ ।’
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger