जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

सहिदहरुको सपनामाथि खेलवाड नगरौं

0 comments


नवीन लोचनमगर
                  मुलुकमा न्याय, मुक्ति, स्वतन्त्रता र प्रजातन्त्रका लागि प्राणको आहुति दिने सहिदहरुको सम्झनामा सहिद दिवस मनाइदैछ । विक्रम सम्वत् १९९७ सालमा निरङ्कुश जहानियाँ राणा शासन विरुद्ध लड्ने क्रममा शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथचन्द ठाकुर र धर्मभक्त माथेमाले प्राणको आहुति दिए । जुद्धशसमशेरको आदेश र त्रिभुवनको निर्णयमा शुक्रराज शास्त्रीलाई माघ ९ गते पचलीको खरीको रुखमा झुण्ड्याएर हत्या गरियो ।

                त्यस्तै माघ ११ गते सिफलको बकैनाको रुखमा धर्मभक्त माथेमा, १६ गते दशरथचन्द र गंगालाललाई शोभा भगवतीमा गोली ठोकेर मारियो । यसैको सन्दर्भमा माघ ९ गतेदेखि १६ गतेसम्मलाई अहिले पनि सहिद सप्ताह भनिन्छ । ती महान चारजना सहिदहरुकै त्याग, वलिदान र समर्पणका कारण वि.सं. २००७ सालमा मुलुकले प्रजातान्त्रिक अभ्यास गर्ने सुअवसर पाएको थियो ।

                  नेपाल, अहिलेसम्म रहिरहनुमा नेपालीहरुको ठूलो कुर्वानी रहेको छ । पृथ्वीनारायण शाहको नेपाल एकीकरणसँगै छरिएर रहेका जातजाति, धर्मसंस्कृति, पहिचान सबै एउटै मालामा गाँसिए । एकातिर यसका सकारात्मक कुराहरु हुँदाहुँदै पनि राणाहरुको एकलौटी शाषणले जनताहरुका वितृष्णा पैदा हुँदै गयो । फलस्वरुप विभिन्न चरणका आन्दोलन र संघर्षहरुले क्रमिक परिवर्तनका कामलाई निरन्तरता दियो । परिवर्तनको लागि विभिन्न किसिमका संघर्ष र वलिदानहरु भए । २००७ साल र त्यस यता भएका विभिन्न परिवर्तनमा पनि सैयौं÷हजारौंले सहादत प्राप्त गरेको श्रृङ्खलावद्ध इतिहास हामी माझ छ । मुलुकको आमुल परिवर्तनको लागि नेपाली सपुतहरुले वलिदानको कोटामा हस्ताक्षर गर्ने कुरामा कहिल्यै चुकेनन् । मुलुकको अस्थित्वको लागि जस्तोसुकै चूनौतिको पनि पर्दाफास गरे । तर परिवर्तन पछिको राजनीतिक अवस्थाले भने धेरैलाई निराश बनाउने गरेको छ । यो आज मात्रै नभएर हिजैदेखिको गलत संस्कार हो । अधिकारको निम्ति लड्नलाई एकठाउँमा आउने तर विजययात्रा पछिको व्यवस्थापनमा सधै चुक्नुले सहिदहरुप्रति नै अपमानको भान हुन्छ ।
                    नेपालमा पछिल्लो चरण सहिदप्रतिको श्रद्धाभावनै विनासिएको ठान्छु म । यहाँ सहिदहरुको सम्मानमा सानातिना आपसी मतभेदलाई विर्सेर भए पनि राष्ट्रिय हितलाई सर्वोपरी ठान्दै परिवर्तनका नयाँ ढोकाहरु खोल्नुको सातो एकआपसमा कुकुर झैं हड्डीको निम्ति अड्डी कस्ने र लड्ने प्रवृतिले सकारात्मक सन्देश पक्कै दिनसकेको छैन । यहाँ सहिदहरुको सम्मान गर्नलाई कुनै पनि स्थान छैन बरु सहिदहरुको खेती गरिन्छ । जुनसुकै घटनाबाट मरे पनि सहिद घोषणा गर्नुपर्ने निर्लज्जातापूर्ण मागले सहिदहरुको गरिमा र ओजलाई यतिसम्म हलुको बनाइदिएको छ कि उनीहरु भिरबाट लडेर मरेको हैसियतका हुन् सम्म भन्न थालिएको छ । जसलाई पनि सहिद घोषणा गरिन्छ । सहिद भनेको के हो ? जसलाई पनि घोषणा गर्नुले उनीहरुप्रतिको आम मान्छेको बुझाई के हुन्छ ? यसप्रति राज्यले गम्भिर बोध गर्न जरुरी छ ।
सहिदको सम्झनामा कार्यक्रमहरु हुन्छन् । सधैजसो नेताहरुले कुनै लाज श्रम विना नै सहिदहरुको वखान गर्छन् । तर त्यो क्षणिकको लागि मात्र हुन्छ । राजनीतिक समिकरणको अगाडि ठूलै नीजि स्वार्थ साँचेर राख्छन् । आफ्नो स्वार्थको निम्ति प्रभुको पैतलामूनी च्यापिन तयार हुन्छन् तर जब राष्ट्रिय हितका कुरा आउँछन् तब झगडा सुरु हुनथाल्छ । एकआपसमा बैमनस्यता सुरु हुन्छ । विमतिका अडानहरु तेर्सिन्छन् अनि कसरी हुन्छ परिवर्तन ? कसरी हुन्छ निकास ? कसरी हुन्छ सहिदप्रतिको सच्चा सम्मान ?
            सहिदहरुले बोलेको आवाजको ध्वनी आज कुना कुनामा पुगेको छ । सहिदहरुले बालेको चेतनाको दियो आज मुलुकको गाउँवस्तीमा छरिएको छ । तर परिवर्तनको खातिर प्राण आहुति गर्ने ती महान वीर सहिदहरुको सपना र रगतमाथि समय अनुसार फेरिने विभिन्न मुकुण्डो धारीहरुले अपमान गरिरहेका छन् । राजनीतिलाई सबै नीतिहरुको राजा होइन कि कमाई खाने भाँडोको रुपमा अथ्र्याइएको छ । यसले सहिदहरुप्रति सम्मान हैन कि अपमानको सिङ्गै कालो विरासत ठड्याइदिएको छ । सहिद शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथचन्द ठाकुर र धर्मभक्त माथेमाहरुले वलिको बोको बन्नुभन्दा पहिले, गोलीलाई निल्नुभन्दा पहिले क्रान्ति र परिवर्तनको निम्ति जे बोलेका थिए ।
               त्यतिमात्र नभई नेपालमा भएका विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुले जुन सपना देखेका थिए । त्यो सपना साकार पार्न तिर होइन कि उल्तै अपमान गरिएको छ । संविधान निर्माणको क्रममा सहिदहरुप्रति सम्मानको आवाज व्यापक उठोस् । कुर्सीको लागि होइन, खाली सत्ताको लागि मात्र नभएर देश, जनता र राष्ट्रप्रति नै बफाँदारी बन्न नेपालका राजनीतिक दलहरुमा सद्बुद्धि आओस् । सहिदहरुप्रति भावपूर्ण श्रद्धासुमन !

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger