जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

नेपाल मगर पत्रकार संघ, रोल्पामा नयाँ कार्यसमिति

0 comments

साउन ३२ रोल्पा । नेपाल मगर पत्रकार संघका केन्द्रीय अध्यक्ष मनोज घर्तीमगरले अहिले जारी सञ्चार नीतिलाई नीतिमात्र सीमित नराखी कार्यान्वयन गर्न माग गर्नुभएको छ । साथै मिडियाहरु समावेशी बन्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । नेपाल मगर पत्रकार संघ रोल्पाको प्रथम अधिवेशनमा बोल्दै प्रमुख अतिथि घर्तीमगरले मिडिया समावेशी भएमात्र सबैको आवाजले प्राथमिकता पाउने उल्लेख गर्नुभयो । अबका दिनमा मगर पत्रकार संघको केन्द्रीय समितिले देशभरका मगर पत्रकारहरुको क्षमता अभिबृृद्धि र अवसरका लागि पहल थाल्नेसमेत जानकारी गराउनुभयो ।

यसैबीच नेपाल मगर पत्रकार संघ रोल्पाको प्रथम अधिवेशनको उद्घाटनशत्र सम्पन्न भएको छ । संघका केन्द्रीय अध्यक्ष मनोज घर्तीमगरको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मनोज घर्तीमगर, बिशिष्ट अतिथिहरु नेपाल मगर संघ रोल्पाका अध्यक्ष अमृत बाँठामगर, नेपाल मगर पत्रकार संघ केन्द्रीय सल्लाहकार मौसम रोकामगर, नेपाल पत्रकार महासंघका अध्यक्ष महेश न्यौपाने, नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष काशीराम डाँगी, फोनिज रोल्पाका उपाध्यक्ष देवी गुरुङ, पर्यटन पत्रकार रोल्पाका अध्यक्ष मनिषा श्रेष्ठ, प्रेस युनियनका अध्यक्ष कविता उपाध्याय लगायतका जिल्लाका विभिन्न पत्रकार संघ संस्थाका प्रमुख प्रतिनिधिहरुले अधिवेशन सफलताको शुभकामना ब्यक्त गरेका थिए । नवीन लोचनमगरको अध्यक्षता, स्मृति रोकाको स्वागत मन्तव्य र कमानसिं पुनमगरको सञ्चालनमा सम्पन्न उद्घाटनशत्र पछिको बन्दसत्रले नयाँ समिति चयन गरेको छ । स्मृति रोकामगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन गरेको हो । 

समितिमा उपाध्यक्ष खुबिना सुनारीमगर, सचिव कमान पुनमगर, सहसचिव सुकम बाँठामगर, कोषाध्यक्ष अञ्जली बाठाँमगर चयन हुनुभएको छ भने अन्य सदस्यहरुमा अस्मिता बुढामगर, लक्ष्मी घर्तीमगर, प्रतिक्षा बुढामगर, दिलकुमारी बुढामगर, खबपु चञ्चल मगर लगायत रहनुभएको छ ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger