जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

गजलः बैमान नाच्न

0 comments

  • नवीन लोचनमगर
बैमान नाच्ने भनसुनको राज पो रैछ काठमाडौं ।
आशलाग्दो घामहराएको साँझ पो रैछ काठमाडौं ।

हाली मुहाली निकै हुने हुनुपर्ने रे जम्मै माथि,
इमाण्डारलाई टप्प टिप्ने बाज पो रैछ काठमाडौं ।

कैयौं सपना अस्ताउने आकस्मिकता मात्र धेरै,
बाहिर ठिक्क भित्रभित्रै लाज पो रैछ काठमाडौं ।

पौरखलाई कुल्ची हिड्ने सैतानीखेल मात्र खेल्ने,
साम, दाम, दण्ड, भेदको माझ पो रैछ काठमाडौं ।

आफ्नो श्रम धुलो ठान्ने अरुको नै जयजय बढी
पराईको आशिष मान्ने काज पो रैछ काठमाडौं ।
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger