जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

फेरिएको के हो ?

2comments

खाली छ आकाश
बादल हताई लेख्छु भन्थ्यौ
जीवनका स्वर्णिम पलहरु
गौठलीका हरेक प्वाँखका रफ्तार गन्दै
तिमी भन्थ्यौ,
भाषाहरुको पनि भाषा बोल्छ गौठली
गोत्र भन्दा पनि अझै प..रको भाषा बुझ्ने तिमी
अहिले आफ्नै भाषा विर्सिन थालेछौ
आखिर फेरिएको के हो ?
गौठली, तिमी या भाषा ।

प्रशस्त बुट्यान थिए पानाभरि
तर पनि चल्थ्यो कलम सरासरी
प्रचण्ड धुपमा कुहिरो उड्थ्यो
झर्थे शीतको थोपाहरु टप–टप
शीतले लेख्थ्यो तितो बुट्यान भाँच्दै
मानवताका सुन्दर आकृतिहरु
अनि चिसो रात मरेको खबर सुनाउन
हामी कुद्थ्यौं गामबेसीका तरेलीहरुमा
को हो बेवकुफ !
ज्यूदै रातलाई मरेको भन्दै कराउने हामी
या समय अनुसार नफूट्ने तिम्रो बोली ।

पुरानो याम फेरिएको छ,
नाङ्गो हिडेपनि वस्त्र पहिरिएको देख्नेहरु छन्
वस्त्र ओढेपनि नाङ्गो नाच देख्नेहरु छन्
स्वाभिमान पाइलाहरुमा काँडा बिछ्याउनेहरु छन्
दुःखमा तिम्रो आँसु फगत रुनेछ
सुखमा तिम्रो मूस्कान व्यर्थ गुम्नेछ
वर्षे भेलझैं आँत सुक्दा के अनौठो मान्नु
कति झ¥यो पसिनाको दाना हिसाब कस्ले हेर्छ र गन्नु
त्यसैले अब आफ्नो जिजिविषालाई सुसोभित बनाउन
कान फूक्नेहरुलाई ढपाऔं यो बस्तीबाट
बनावटी भाषा बोल्नेहरुलाई खेदौं यो आगनबाट
नत्र हाम्रो मुटुको झण्डा बनाएर कराउनेहरुको राज अझै चल्छ
ज्यूँदो सपनाहरुको काजक्रिया गर्नेहरुको हात अझै बढ्छ ।

Share this article :

+ comments + 2 comments

December 7, 2013 at 9:25 AM

Nikai Ramro Kabita Sir

December 7, 2013 at 5:44 PM

हो, कविता मलाई पनि मन पर्‍यो ।

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger