जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

पत्रकारिता क्षेत्रमा व्यवसायिकताको खाँचो

0 comments

भाद्र १३, रोल्पा । मिडिया प्वाइन्ट रोल्पाको आयोजनामा सोमबार देखि रोल्पाको लिबाङमा सञ्चालित ३ दिने खोजी पत्रकारिता तालिम बुधबार सम्पन्न भएको छ । तालिममा न्यूज २४ का समाचार कोर्डिनेटर प्रेम बानिया, पत्रकार प्रमोद न्यौपाने, नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष तथा कान्तिपुर राष्ट्रिय दैनिकका काशीराम डाँगी, नेपाल पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष तथा अन्नपूर्ण पोष्टका खेमबुढामगर लगायतले तालिम दिनुभएको आयोजकले बताएको छ ।समापन कार्यक्रममा बोल्दै प्रमूख अतिथि स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले तालिम पश्चात त्यसको उपलब्धीलाई व्यवहारमा लागु गर्न सबै प्रशिक्षार्थी पत्रकार लाग्नुपर्ने बताउनुभयो । प्रहरी नायव उपरिक्षक ओम रानामगरले पत्रकारितामा तिखार, निखार ल्याउनका लागि आग्रह गर्नभयो । तालिमका प्रशिक्षक प्रेम बानियाले व्यवसायिक रुपमा अगाडि बढाउने खुट्किलोको विकास गर्न, अनुसन्धानात्मक पत्रकारिता गर्दाको विविध नीतिलाई जानकारी दिई जिल्लाका नयाँ तथा पुराना पत्रकारहरुलाई क्रियाशिल बनाउन यो तालिमले बिशेष महत्व बोकेको बताउनुभयो । त्यस्तै प्रशिक्षक काशीराम डाँगीले पत्रकारिता क्षेत्रमा रोल्पा पछि परेको भएपनि जिल्लामा हाल तथ्याङ्कमा १ सय ७ जना पत्रकार रहेको बताउनुभयो । पत्रकारहरु धेरै भएपनि यसक्षेत्रको उत्थान भने हुन नसकेको उहाँको भनाई छ ।  अर्का प्रशिक्षक खेमबुढामगरले यो तालिमले नयाँ पत्रकारहरुको उत्पादन र पुराना पत्रकारहरुलाई समेत झक्झक्याउने मौकाको सिर्जना भएको बताउनुभयो ।  जिल्ला विकास समितिका सूचना प्रमूख रामकुमार न्यौपानेले सुशासन कायम गर्नका लागि पत्रकार र पत्रकारिताको ठूलो महत्व रहेको बताउनुभयो । पत्रकारिता क्षेत्रको प्रवद्र्धनका लागि जिल्ला विकास समिति रोल्पाले केही नयाँ कदम चाल्ने समेत उल्लेख गर्नुभयो । पत्रकार महासंघ रोल्पाका उपाध्यक्ष हिराबहादुर घर्तीमगरले जिल्लाको विकासका लागि पत्रकारिता क्षेत्रको दक्षता हुनुआवश्यक भएको भन्दै यो तालिम उपलब्धीमूलक भएको बताउनुभयो । प्रशिक्षार्थीको पुरुषको तर्फबाट खड्गबहादुर पुन र महिलाको तर्फबाट भिमा डीसीले अनुभूति सुनाउनुभएको थियो ।मिडिया प्वाइन्टका अध्यक्ष रोहित केसीको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन सरोज सुवेदीले गर्नुभएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष मनिषा श्रेष्ठले दिनुभएको थियो । तालिममा जिल्लाको विभिन्न ठाउँहरुबाट २५ जना प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो । 
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger