जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

ज्यान हत्केलामा राखेर पुगियो नेपालगञ्ज

0 comments

भर्खर केहीदिन मात्र भएको थियो तिहार मान्न घरबिदामा गएको । केही गाउँको कामले सदरमुकाम जानुपर्ने भयो । अलि हतारमा थिएँ । मुकाम नजिक माडीचौर पुग्दा इक्वेल एक्सेस नेपालको अफिसबाट करुणा जीको फोन आयो ।

“लौ नविन जी तपाई पनि अनलाइन मिडिया टे«निङ्मा आउनुपर्ने भयो है ।”

एकातिर खुशी पनि भएँ किनकी अन
लाइन सम्बन्धि तालिमको लागि यस्तोे अवसर मलाई पहिलो चोटी जुरेको थियो । जुन अवसर मैले मेरो सन्दर्भमा यसअघि पाएको थिएन । अर्कोतिर अलिकति गम्भिर पनि भएँ आफ्ना यताका सबै महत्वपूर्ण कामहरुलाई थाँती राखेर कसरी त्यहाँ पुग्ने भनेर ।

 “हवस्”

आफ्ना अन्य सबै कामलाई सहायक मान्दै एउटा सैनिक कमाण्डरको अगाडी जवानले आदेश पालना गरे झैं गरि सहर्ष स्वीकार गरेँ ।

फेरी ल्यापटपको कुरा पनि भयो । तर मैले ल्यापटप आफुसँग बोकेको थिइन । त्यसको लागि पुरै एकदिन हिडेर घरसम्म पुग्नुपर्ने भयो । ट्याक्सीको आवतजावतको लागि टोकिएको समय रहेनछ । ट्याक्सीमा यात्रुहरु टन्न भरिएपछि जतिखेर पनि हिड्दो रहेछ तर त्यतिखेर बजारबाट गाउँतिर जाने मान्छे करिब–करिब शुन्य जस्तै थियो ।

ट्याक्सी नचलेकोले दिनभरिको बाटो हिड्नुपर्ने भयो र हिडेपनि । मनमा भएको एउटा मिठो उत्साह र कौटोहुलताले भोक, प्यास, थकाई लगायत शारिरीक रुपमा भएका सबै कठिनाइहरुलाई बिर्साएको थियो । तिहार मनाउन पहाड उक्लेका बजारबासीहरु अझै फर्केका थिएनन् शायद त्यसैले पनि सुनसान थियो सबैतिर । अनि सात गत्ते बिहान भालेको डाकोसँगै करिव ४ बजेको झिसमिसे मै ओरालो दाङतिर लागेँ । करिब तिनघण्टाको बेजोडको यात्रा पछिमात्र जीप भेटियो र त्यहाँबाट छटमा चढेर घर्तीगाँउमा आइपुगेँ । कच्ची सडक र धुलोको कारण छटमा चढेका सबै मान्छेजति तर्साउन राखिएको बुख्याँचा भन्दा कम थिएनन् । दोस्रो नम्बरको बस नौ बजे जाने भएकोले ड्राइभरसँग कर गर्दै नौबजे अघि नै त्यहाँ पुर्याउन लगायौँ । गाडी पुरै भरिएको थियो सिट सबै प्याक भएपनि उभिएर जाने योजनाका साथ घर्तीगाउँ टिकट काउन्टरबाट एउटा टिकट ल्याएँ ।

यता डिल्ली जीहरुलाई “जसरीपनि पर्खिनुस् है म रातीसम्म भएपनि आइपुग्छु” भनेको थिएँ । गाडीमा निकै कोचाकोच भएकोले अलि तन्नेरी मान्छेहरुलाई छटमा जान भनियो म लगायत करिब २०÷३० जनाजति माथि गयौँ । कच्ची बाटो, धुलो अनि तल देखिने त्यो एकछाङगे भीर उफ् ! भनि साध्य थिएन । छटमा अडिएर बस्नलाई फलामको डण्डी समाउँदा–समाउँदा हातको नशाले आफ्नो रगत सर्कुलेशन नियम नै भुल्न थाले झैँ भान परिरहेको थियो । सुरु सुरुमा त साथीहरु हौसिँदै थिए छटमा । पछि त्यहाँको कष्टकर बसाइका कारण चार्ज सकिएको मोवाइल झैँ आवश्यकतामा बोल्नलाई पनि भार परिरहेछ जस्तो भइरहेको थियो । कतिखेर त गाडीको आधाभाग जति कोल्टो पथ्र्यो पल्ट्यो कि जस्तो लाग्थ्यो । यात्रुहरु छटबाटै हामफालेर आफ्नो दुइदिनको आयुलाई केही समय लम्व्याउन वा छोट्याउन खोज्थे ।

साँझपख करिब ६ बजेतिर मात्र पुगँे घोराहीे । बसपार्कमा ओर्लनु बित्तिकै डिल्ली मल्ललाई फोन लगाएँ । बाटोमा आउँदा पनि उहाँहरुलाई पटक पटक फोन गरेर जसरी पनि पर्खिन भनेको थिएँ । उहाँहरु ट्राफिक चोकमा पुगिसकेको जानकारी पाएँ करिब तिन किलोमिटरको सडकमा रिक्सालाई दुइसय तिरेर भ्याई–नभ्याई उहाँहरु कहाँ पुगेँ । उहाँहरु गाडी चढ्नलाई तयारी भइसक्नुभएको रहेछ । यता बन्दको हल्लापनि उत्तिकै थियो । त्यसैले पनि यतिसारो हतारो गर्नुपरेको थियो ।

लमही सम्मको लागि पुर्वतिर जाने गाडीमा जाने सल्लाह भयो । उफ् त्यहाँपनि छटमा । छटमै जानेभए लैजाने नत्र लोकल यात्रुहरुलाई नलैजाने भनेपछि छटमा जानलाई तयार भयौँ म, नरेन्द्र केसी र डिल्ली मल्ल तिनै जना । साँझपखको चिसो सिरेटो । तराइको ठाउँ । फेरी अलिकति हात छोड्यो की जीन्दगी दालमोठ जस्तै गरि चपाइएला भन्ने डर । जसो तसो लमही पुग्यौँ र प्रहरी चेकपोष्टमा गाडीको लागि अडियौँ । प्रहरीका अनुसार नेपालगन्ज जाने गाडी आउने सम्भावना अलि कम छ । नौगत्ते बन्द भएपनि कोहलपुरबाट रिक्सामा पनि पुग्न सकिने कुरालाई मध्यनजर गर्दै कोहलपुरसम्मलाई कियामा चढ्यौँ ।

बसपार्कका प्रायः ठाउँहरुमा होटेलवालाहरु आफ्नो होटेलको तारिफ गर्दै यात्रुहरुलाई फकाउन आउँछन् तर हामीलाई कसैले केही सोधेन पुरै हात्तीको हुलमा कछुवा मिसिए जस्तो । बेमतलव हिड्यौं बस्नलाई एउटा ठुलै साइनबोर्ड राखिएको होटेलमा । र बिहानै नेपालगञ्जको कारकाँडो स्थित होटेल सिद्धार्थमा तालिमको लागि हाँजिर भयौँ ।

९,मंसिर ०६९
नेपालगञ्ज, बाँके ।
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger