जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

लघुकथाः कानुन

0 comments

मैले अनुहार हेर्ने बित्तिकै चिनिहालेँ । किसन हो उसको नाम । यही नाम छ फेसबुकमा उसको । जो मसँग अनलाइन गफमा आउँछ र रमाइला अनि त्यतिकै स्वाभिक कुराहरु गर्छ, मलाई पनि खुशी लाग्छ उसको स्टाटसमा आउने प्रत्येक शब्दहरु देख्दा । उसका हरेक स्टाटसमा मैले उसलाई छामेको छु । उसको बास्तविकता के हो ? त्यो त मलाई सबै कुरा थाहा छैन र भेटेर सहकार्य पनि गरेको होइन । भनिन्छ, रुख सुकेको छ या छैन भन्नेकुरा टुप्पोमा हेरेर हुँदैन जरानै खोतल्नु पर्छ । मैले अनुभुति गरेअनुसार उ सादा जीबन उच्च बिचार राख्ने एउटा असल अनि मिलनसार व्यक्ति हो । मैले कसैलाई सोधेको थिएँ, जानकारी पाएअनुसार उ एउटा सरकारी अफिसको कर्मचारी हो ।
             आज ठुलै चियापान कार्यक्रम थियो त्यहाँ । बिहानै देखी मान्छेहरुको चहलपहल ठिकै थियो । छाँतकाट राम्रै थियो सबैको । स्मार्ट देखिएका थिए मेरा अनलाइन साथी किसनहरु पनि । खैर, साथीहरु पनि के भन्नुु सभ्यता बिर्सेकाहरु । अरु भन्दा म अलि पहिले नै पुगेछु क्यार ÷ कार्यक्रम स्थलमा । चिनजान साथीहरु यता चोसोमोसो हुँदै भान्सामा जुटिरहेका थिए । कामलाई सानोठुलो नमान्ने म भान्सा मै हेलिँए । चुलोमा केही टेकाउनु, भात तार्नु, मासु पकाउनु यस्तै–यस्तैमा । “सरकारी काम कहिले जाला घाम” भन्ने उखानै छ चल्तीमा । शायद, यही कार्यक्रमको पनि उनीहरुको संस्थामा कति भारीभर्कमको बिल लेखाए होलान् ती कर्मचारीहरु, चियापान सकियो । केही समय व्यक्ति बिशेषका गफ चले । दुइचार जनामा अथवा झुण्ड–झुण्डमा । समय घर्किदै थियो । कर्मचारी लगायतको टोली मुकाम फर्किने रे, केही हतार भए झैं गर्दै थिए । कार्यक्रमको अन्तमा अथवा छुट्नु भन्दा पहिले फोटो शेषनको चर्चा चल्यो । फोटोको लागि कसैले बिभिन्न स्टाइलका क्यामरा निकाले, कसैले मोवाइल । मेरो फेसबुक साथी किसन पनि के कम, निकालीहाले सोनीको डिजिटल क्यामरा । मैले पनि मसँग भएको क्यामरा निकालेँ र फोटो खिच्नको लागि तयार भएँ । यतिवेला सबैजना लाइनमा उभिइसकेका थिए ।
“तिम्लाई फोटो खिच्न राम्रै आउँछ नि है ? लौ लेउ मेरो क्यामराबाट पनि खिच ।”
            एक सैनिक कमाण्डरको भन्दा कम थिएन उसको भाषा । मानौ, म एक सैनिक जवान हुँ र कमाण्डर उही हो जस्तो । म झस्किएँ र सम्झिएँ तत्काल फेसबुकको कुरा । “ल सर् तपाइ हामी संयोग मिल्यो भने भेट्नु पर्छ है ?” उसले उतिबेला सर् मिसाएर बोल्ने गरेका हरेक वाक्यहरु छिनभरमै दिमागी रेखालाई फनक्कै चक्कर मारे । फोटो शेषनमा उसले बोलेको भाषा र पहिले अनलाइनमा गरेको कुरालाई क्षणभरमै दाँज्न भ्याएँ । आकाश पातालको फरक लाग्यो । “हवस्” म सहर्ष उसको क्यामरामा फोटो कैद गरिदिन राजी भएँ । उनीहरु अनि हाम्रा सबै ठुला जति लाइनमा उभिसकेका थिए । मैले दायाँबायाँ सबैतिरबाट फोटो ल्याइदिएँ । प्रायः मैले उसका क्यामरामा उसैलाई नै फोकस गरेको थिएँ । “सर् क्यामरा” फोटो शेषन सकिएपछि उसको क्यामरा बुझाउँदै नजानिदो पाराले म बोलेँ । “फोटो राम्रै खिच्यौ नि हैन ?” उसको प्रश्नमा मैले मुन्टो हल्लाएँ मात्र । उसले क्यामराको फोटोलाई ओल्टाइपल्टाई हेर्यो । “ल ठिक छ राम्रै आउँदो रैछ ।” एकचोटि म तिर हेर्दै पुनः बोल्यो उ । यतिबेला कोही गाडी चढेर हिड्नलाई तयार भइसकेका थिए । कोही भने उता बिदाइको हात मिलाउदै थिए । “किसन जी ल ढिला नगरौं त, गइ हालौँ, बाटोका समस्या हुन्छ ।” किसन अथवा मेरो फेसबुकको साथी गाडी चढ्यो । सबैजना चियापान कार्यक्रम स्थलबाट बाहिरिए । त्यति फोटो खिचिदिएर पनि धन्यबाद सम्म भन्न नजान्ने पनि स्मार्ट बन्ने ? मनमा केही कुरा खेले । उनीहरु हिडेको केही समयमै किसनको चुरिफुरिलाई नियालीरहेको मेरो साथी कमलले खुसुक्क कानमा आएर भन्यो “हेर्नुस् यो त हाम्रो मामा सिडिओ छँदाखेरी घुस ख्वाएर जागिर खाएको कर्मचारी हो ।” साथीको कुरा सुन्नुबित्तिकै अनायासै मेरो मुखबाट बोली फुट्यो…“उफ् ……नेपालको कानुन” गर्नेलाई भन्दा देख्नेलाई लाज भने झैं उसको गतिबिधिले उसलाई होइन उसँग आएका साथीहरुलाई लाजमर्दो बनायो र हामीलाई पनि ।
                                                                  घोराही, दाङ ।
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger