जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

प्रलेस रोल्पा शाखाको तेस्रो अधिवेशन सम्पन्न

0 comments


२२ असार,  रोल्पा ।  साहित्यमा देखिएको अन्धभक्तवाद र पश्चिमा छाडा संस्कृतिका विरुद्ध सबै एकढिक्का
भएर लड्नुपर्ने प्रगतिशील लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष हिरामणी दुःखीले बताउनुभएको छ । उहाँले यस्तो कुरा प्रगतिशील लेखक सङ्घ नेपाल रोल्पा शाखाको तेस्रो जिल्ला अधिवेशनको क्रममा बताउनुभएको हो । शनिबार लिबाङमा सम्पन्न अधिवेशनको उद्घाटन शत्रमा बोल्दै दुःखीले लेखकहरु सधै जनताको पक्षमा हुनुपर्ने बताउनुभयो । देशलाई सही दिशामा अगाडि बढाउन राजनीतिक दलहरुमा देखिएको विकृतिको खबरदारीको लागि पनि कलमको सशक्त भूमिका हुनुपर्ने उहाँको भनाई छ ।
प्रगतिशील लेखक सङ्घको जिल्ला अधिवेशनले नवीन लोचनमगरको अध्यक्षतामा १ सदस्य पछि थप्ने गरी ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जिल्ला शाखाको उपाध्यक्षमा आशिष क्षेत्री, सचिवमा देवी गुरुङ, सहसचिवमा खबपु चञ्चल मगर, कोषाध्यक्षमा प्रतीज्ञा बुढामगर रहनुभएको छ । त्यस्तै सदस्यहरुमा इन्द्र प्रियासन, नारायणी डाँगी, दर्शना तिरुवा, अशोक वली र नरेन्द्र प्यासी मगर रहनुभएको छ । समितिको कार्यकाल तीन वर्ष रहनेछ ।
प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष हिरामणि दुःखीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।
नवीन लोचनमगरको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको अवसरमा राजनीतिक दलहरुका तर्फबाट मानसिं डाँगी, पूर्ण केसी, फविन्द्र आचार्यले बोल्नुभएको थियो । त्यस्तै कार्यक्रममा डी.बी. टुहुरो, गौरीकिरण डाँगी, भगवती बुढामगर, गोकर्ण पुन, महेश न्यौपाने, मौसम रोकामगर लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । देवी गुरुङको सञ्चालमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य लोक आलोकले दिनुभएको थियो ।
सोही अवसरमा खुल्ला गद्य कविता वाचन प्रतियोगिता समेत आयोजना गरिएको थियो । प्रतियोगितामा रविन्द्र सुनार प्रथम, खबपु चञ्चल मगर द्वितीय र इन्द्र प्रियाशन तृतीय भएका छन् ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger