जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

फरक पहिचान बनाउँदै अक्सिजन मिडिया

0 comments


२३ असार । अहिले गीत संगीतको क्षेत्र एक हिसाबले फस्टाउँदो छ । विभिन्न किसिमका गीतहरु बजारमा ल्याउने क्रम चलिरहेको छ । त्यतिमात्र होइन म्युजिक कम्पनीहरु पनि धमाधम खुली नै रहेका छन् । यस्तै क्रममा विस्तारै आफ्नो छुट्टै पहिचान बनाउँदै गरेको म्युजिक कम्पनीको नाम हो अक्सिजन मिडिया प्रा.लि. । नेपाली गीत संगीतको बजारमा छोटो समयमै फरक पहिचान बनाउदै गरेको यो कम्पनी संगीत क्षेत्रमा लाग्न चाहनेहरुका लागि अक्सिजन नै बन्न थालेको छ ।
गीत संगीत सिर्जना गर्नुमात्रै ठूलो कुरा होइन । त्यसलाई व्यवस्थापन अर्थात बजार (श्रोता दर्शक) सम्म पु¥याउनु पनि निकै चूनौतीपूर्ण कुरा हो । यही चूनौतीपूर्ण काम गरिरहेको छ अक्सिजन मिडिया प्रा.लि.ले । काठमाडौंको नयाँबानेश्वरमा अवस्थित यो कम्पनीले नयाँ प्रतिभाहरुलाई विशेष प्राथमिकता दिने बताइएको छ । नयाँ तथा पूराना कलाकारहरुलाई अगाडी बढाउने र गीत संगीतको क्षेत्रमा स्थापित गराउने मूख्य उद्देश्य रहेको सञ्चालक विरेन्द्र वली बताउँछन् । अहिले सुदन कुमार वली, भिमसेन विएम, बलबीर चलाउने र विरेन्द्र वलीले यसको रथ हाकिरहेका छन् । करिब ८÷९ महिनाकै छोटो समयमा सागर अविरल जिसीको एल्वम एउटा म्यासेज, कामना वलीको लोकदोहोरी एल्वम फूलको थुङ्गामा, सागर अविरल जिसीकै जलाएर मार, किरण परियारको लाखौं सयमा, रमेश डाँगीको मन परेको फूल, नमराज महराको मलाई छोडेर, सागर थापाको एल्वम अनुप्रास जस्ता गीत तथा एल्वमहरु ब्जारमा ल्याइसकेको छ । त्यसैगरी हस्त पुनको आधुनिक एल्वम मेरो सबै माया दिन्छु, केशव पन्थी र अम्बिका श्रेष्ठको रोइला गीति एल्वम म त हजुर बेरोजगार लगायतका एल्वमहरु अक्सिजन मिडिया प्रा.लि.बाट बजारमा आइसकेका छन् ।
अक्सिजन मिडियाका सञ्चालकका अनुसार गीत संगीतप्रति रुची हुने, म्यूजिक भिडियोमा अभिनय गर्न चाहनेहरुलाई समेत अवसर दिने गर्दछ । साथै गीत निकाल्नुपरेमा सबै किसिमको व्यवस्था कम्पनीले गर्ने सञ्चालकको दावी छ । गीत संगीतको क्षेत्र व्यापक बनीरहेको बेला रोल्पाली युवाहरुले सञ्चालन गरेको यो कम्पनी साँच्चिकै आशलाग्दो रहेको गायक सागर अविरल जिसी बताउँछन् ।




Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger