जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

अरुको लागि गर्नेहरुले बस्ती छोडिसके

0 comments


नवीन लोचनमगर

       समाज सेवाको लागि हिडेका अधिकांस मानिसहरु तन, मन र सेवामुखी भावले सर्वव्यापी फैलिएका भए पनि आर्थिक हिसावले गरिब हुन्छन् । उनीहरु अभावको बीचमा नयाँ कुराको खोजिमा भौंतारिन्छन् र त सामाजिक उत्तरदायित्वबोधको परिधीलाई राम्ररी नाप्न जानेका हुन्छन् । समाजका सबै समुदाय एकअर्काका परिपूरक भएर जिउने वातावरणको सिर्जनामा मानवीय भावना गरिबीकै कारण उत्पन्न भएको हुन्छ । यहाँनेर हुनेखानेहरुबीच सामाजिक सहिष्णुता नै हुँदैन त ? भन्ने प्रश्न आउन सक्छ । सामाजिक सहिष्णुता सबैमा हुन्छ तर अरुका लागि गर्ने सेवामा केही फरकपन अवश्य हुन्छ । धनी र गरिबको बिचमा पनि सामाजिक सद्भाव त हुन्छ तर हुँदाहुदै पनि त्यो न्यून अवस्थामा हुन्छ । गरिबीकै कारण भोग्नुपर्ने पीडा र गर्नुपर्ने संघर्षको बारेमा जसले नजिकबाट अनुभूत गरेको हुन्छ, त्यसैलाई थाहा हुन्छ कि उनीहरुमा नै मानवीयता बढी हुन्छ भन्ने कुरा । 

समाजमा विभिन्न खाले संस्कार र आदतको सत्ता सधैभरी रही रहन्छ । हरेक व्यक्तिमा देखिने आफ्नोपन अथवा उसले देखाउने गाम्भिर्यता वा केटौलेपन नै समाजले दिएको आदतको सत्ता हो । कस्तो समाजमा हुर्कियो । उसको पारिवारिक अवस्था कस्तो थियो । यी यावत् कुराले मानिसको व्यक्तित्वमाथि प्रभाव पार्न सक्छ । कोही मानिस दुःखै दुःखले बाँधिएको सिनेमा हेर्दा किन भावुक हुन्छ ? किताबहरु पढ्दा वा यस्तै मानवीयतालाई नजिकबाट पदार्पण गर्ने चिजहरुबाट किन छिट्टै संसर्गित हुन्छ ? हो, यहींनेर हुन्छ मानवीय भावना र सामाजिक दायित्वबोध । जूनसुकै समाज, रङ वा वर्णको होस् । दुःख भोगिरहेको मानिसलाई हेर्दा वा विना कसुर गुमनाम भइरहेको देख्दा जब अलिकति आफूलाई चिमोट्छ भने त्यहाँ अवश्य मानवीय भावना छ । 


मान्छेले मान्छेको अस्थित्व स्वीकार गर्ने कुरा पछिल्लो समयमा निकै चूनौतिपूर्ण बन्दै गइरहेको छ । यसको मतलव हो, व्यक्ति केन्द्रीत पूँजिवादी स्वार्थ ह्वात्तै बढेको छ । धनी र गरिबबीचको पुरानो सामञ्जस्यता उग्र बनिरहेको छ । सामाजिक सेवामा तल्लिन मान्छेहरुलाई २१ शौं शताब्दीको राउतेको उपमा दिनेहरुको पनि कमी छैन । पूँजिवादी प्रतिस्पर्धात्मक विकासले कुन मान्छे कतिखेर कहाँ फ्याँकिन्छ भन्ने कुराको ठेगान छैन । जति जति अधिकारका कुरा सवैतिर उठिरहेका छन् त्यति नै गुमाउरो तरिकाले मान्छे शोषणको चङ्गुलमा फसिरहेको छ । आफ्नै घरका दाजुभाइ सम्पत्तिको निहुँमा मारामार गर्छन् । सँगैका साथी सङ्घातिहरु कुनै सानो स्वार्थको लागि खोल्सामा पुरिन्छन् । आफ्नै छोरी बाबुद्वारा कोठीहरुमा बेचिन्छन् । बलात्कृत हुन पुग्छन् । यी सब किन हुन्छ ? यसो हुनु भनेको मानवीय समवेदना शून्यतातर्फ जानु हो । हामीले पढ्छौं, बैज्ञानिक समाजवादका प्रवर्तक कार्लमाक्र्सले गरिबको लागि निकै संघर्ष गरे । गरिबको लागि लड्ने दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलालाई त्यहाँका शाषकहरुले आजिवन कारावासको सजाय समेत् सुनाए । तर उनी न्यायिक युद्धकै कारण मुक्त भए र पछि राष्ट्रपतिसम्म बन्न सफल भए । उनी पनि गरिब नै थिए ।


हो, उनीहरुले एउटा सिद्धान्त अथवा विश्व दृष्टिकोणको प्रतिवादन गरे । जो सार्वभौम थियो । आर्थिक हिसाबले विपन्न भए पनि चेतनाको हिसाबले उनीहरु निकै माथि थिए र त्यहाँका सामाजिक अवस्थाले सार्वभौम दृष्टिकोण निर्माणको लागि टेवा पु¥यायो तर माक्र्स जन्मेको र क्रान्ति गरेकै देश जर्मनीमा पनि निकै तल्लो स्तरका गरिबहरु थिए । माक्र्सले सिद्धान्तको प्रतिवादनमात्र नभई व्यवहारिक रुपमै विद्रोह मार्फत् कार्यान्वयनको औंला ठड्याए र केही रुपमै भएपनि त्यहाँका जनताहरुले आफ्नोपनको अनुभूत गरे । नेपालमा त्यस्तो अवस्था पटक्कै छैन । परम्परागत रुपमै यहाँ नातावाद, कृपावाद लगायतका व्यक्तिवाद गन्धआउने किसिमका कामहरु जति नै विरोध भए उति नै चलिरहे । सडकमा छँदा वा डाडुपन्यू भन्दा बाहिर रहँदा विद्रोहको अनेक हतकण्डा फ्याँक्ने अनि सत्तामा पुगेपछि उही व्यक्तिवादी अराजकता हावी हुने, परम्परागत चङ्गुलमै भासिने कुराले निस्वार्थ समाजसेवामा लाग्नेहरुलाई पीडित अवश्य बनाएको छ । यसको मूख्य कारण राजनीतिक रुपमा देखिएको मानवहिन स्वार्थ र गैरसामाजिक कार्यशैली नै हो । पहिले आफू अनि मात्र अरु भन्दा नै यो किसिमको अवसरवादी शैली हावी भएको हो ।

अरुको लागि केही गर्छु भनेर सोच्ने मान्छेहरु विस्तारै आफै सकिन्छन् । नेपालको राजनैतिक, आर्थिक, सामाजिक सबै कुराले उसको व्यक्तिगत आकांक्षामाथि खेलवाड गरिरहेको छ । बोल्नेहरुको पिठो बिक्ने र नबोल्नेको चामल पनि नविक्ने चलन साँच्चै नेपालमै छ । यहाँको बस्तुगत स्थिति नै त्यस्तो छ । पिठोको महत्व नबुझेर आफ्नो ज्यानलाई समेत दाउँमा राखेर चामल चपाएको अभिनय गर्नेहरुको विगविगी छ । तपाई राजनीति गर्नुहुन्छ भने आफ्नो, परिवारको, समाजको सबैकुरालाई ख्याल नगरेर नीति, सिद्धान्त र दर्शनमा मात्र अभिप्रेरित भई अघि बढ्न कडापी सक्नुहुन्न । बस्तुगत स्थितिले के देखाएको छ भने जो निरपेक्षरुपमै सामाजिक सेवामा तल्लिन हुन्छन् उनीहरु सकिन्छन् । जो आफूलाई केन्द्रविन्दुमा राखेर राजनीति वा समाजसेवा गर्छन् उनीहरु नै समाजका अब्बल मानिन्छन् । उनीहरु नै पुजिन्छन् । तर आफूलाई समेत् बिर्सेर निस्वार्थ भावका साथ लाग्नेहरु बाउ बाजेको सम्पत्ति हुँदासम्म सेवामा हिड्छन् सकिएपछि बस्ती छोड्न बाध्य हुन्छन् । किनकी खाली पेट खुट्टा चल्दैन ।

राजनीतिमा क्रियाशिल तल्लोस्तरका कार्यकर्ताहरुको सन्दर्भमा हामी मज्जैले तुलना गर्न सक्छौं । माओवादीले १० वर्षसम्म सशस्त्र जनयुद्ध ग¥यो । युद्धबाट सकारात्मक वा नकारात्मक सबै किसिमका मान्छेहरु प्रभावित भए । प्रभावितहरुमा पनि थोरै गुमाएका तर पहुँचमा भएकाहरु धेरैको नजरमा परे । धेरै गुमाएकाहरुले कसैको सोंझो आँखा र मिठो बोलीसम्म पाएनन् । युद्धमै संलग्नहरुको कथा हेरौं, जसले आफ्नो व्यक्तिगत स्वार्थलाई पनि केही रुपमा हेरे उनीहरु राजनीतिक, आर्थिक, सामाजिक सबै हिसाबले अहिले पनि ठाडो शिर पारेर हिड्न लायक छन् । तर जसले आफ्नो सबैकुरा सामाजिक स्वार्थमा सुम्पिए, श्रम, पसिना र सबै सम्पत्ति अरुको लागि खर्चिए, उनीहरुको अस्थित्व सकिएको छ । उनीहरुले आफ्नै गाउँलाई पराई देख्नुपरेको छ र सिमा पारीको पराइबस्तीलाई आफ्नो सम्झेर पसिना बगाउनु परेको छ । यो हाम्रो मुलुकको निकै दुखद् र दुर्भाग्यपूर्ण पक्ष हो । यसले समाजिक सेवामा लाग्नेहरुलाई उत्प्रेरित होइन कि निरास बनाउँछ । १० वर्षे जनयुद्धको क्रममा तृष्णा वा वितृष्णाले आगोमा हुत्तिनेहरु आज अर्काको देशमा गुलामी गरिरहेका छन् । सामाजिक रुपमा बहिष्कृत मान्छेहरु नै सिंह बनेका छन् । जसले अरुलाई पिराउन जानेको छैन । अरुको दुःखमा आँसु मिसाउँछ । आफ्नो शरिरको मासु काटेर च्याटिएका मुटुलाई सिलाइदिन्छ । तिनै मान्छेहरु यो निर्दयी समयको तल्लो स्तरको दासी बन्नु परेको छ ।

आज गाउँमा कोही मर्दा घातसम्म पु¥याउने मान्छे भेटिन्नन् । विवाह, भोजहरुमा भान्सामा जुट्ने पाखुराहरु छैनन् । ती सब मुग्लान छिरिसके । किसानहरु कृषि पेशालाई तृष्णापूर्वक हेर्ने ठाउँमा छैनन् । बाउ बाजेको विँडो थाम्नु बाहेक कृषि क्षेत्रलाई गुणस्तरीय बनाउनको लागि कामहरु न्यून मात्रामा हुन्छन् । समय जुन तिब्रतामा हुँइकिएको छ, महंगीले जसरी ह्वात्तै आकाश ढाक्न थालेको छ र मान्छेका आकांक्षाहरु जसरी तिब्रतम बढीरहेका छन् त्यसको परिपूर्तिको लागि यहाँको सामाजिक संरचना, आर्थिक सवलिकरण र चेतनास्तर कमजोर रुपमा अघि बढीरहेको छ । पाखुरा बजार्नेहरु पाखा र अरुको काँधमा चढेर मुख चलाउनेहरु काखा भइरहेका छन् । यसखालको सामाजिक विभेदको अन्त्य र केही गरौं भन्नेहरुको एकाकारको लागि सबैको निस्वार्थीपनको विकास अनिवार्य छ । 

मुकुण्डो पहिरिन जानेकाहरु, अभिनयमा वास्तविकता लुकाउन सिकेकाहरु, च्याटिएका लुगाको बहानामा भित्र षड्यन्त्रका सिङ्गै जामा पहिरिएकाहरु आज त्यो समाज, त्यो बस्ती र गाउँको मालिक भएका छन् । तर अरुका लागि गर्नेहरुले बस्ती छोडिसके ।
                                                                                            लिबाङ रोल्पा

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger