जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

प्रहरी र जनताबीचको सम्बन्ध बलियो बन्दै

0 comments


२० साउन, रोल्पा । प्रहरीको सकारात्मक पहल र सक्रियताका कारण सर्वसाधारणहरुले शान्ति सुरक्षाको महशुस गर्दै आइरहेका छन् । युवा पुस्ताहरुमा देखिने गरेको अराजकता तथा अपराधिक मानसिकतालाई न्यूनिकरण गर्न र सम्भावित घटनाहरुलाई कसरी रोक्ने भन्ने बारेमा गाउँगाउँमा रहेका प्रहरी चौकीहरुले सचेतना समेत अभिबृद्धि गर्ने गरेका छन् । यस्तै सचेतना अभिवृद्धि सहित सर्वसाधारणको स्यावासी बटुल्न सफल भएको छ इलाका प्रहरी कार्यालय पाछाबाङ । दिनहुँ विभिन्न मुद्दा तथा छलफल भइरहने यो प्रहरी चौकीमा समस्याको पहिचानको बारेमा स्थानीय अगुवाहरुसँगको सहकार्यलाई महत्व दिइन्छ । कुटपिट गर्ने तथा जबरजस्ती गल्ती स्वीकार गराउने भन्दा पनि प्रमाण र ठोस तर्कको आधारमा सकारात्मक सहजीकरणसँगै समस्या समाधानको जिम्मा स्वयम् स्थानीयवासीलाई नै दिइने भएकोले पनि जनताहरुले स्वायावासी दिने गरेको प्रहरी नायव निरिक्षक लोकबहादुर सिंहले जानकारी दिए । 
द्वन्द्वका कारण जनताहरुमा पर्न गएको मनौवैज्ञानिक असरलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने बारेमा पनि स्थानीय राजनीतिक दल, क्लव तथा विभिन्न समूहहरुसँग सहकार्य गरिरहेको सिंहले बताए । सिंहका अनुसार ‘क’ श्रेणीको इलाका प्रहरी कार्यालयमा २९ जनाको दरवन्दी हुने भएपनि यो इप्रकामा १२ जनाको मात्रै संख्या छ । राँक र पाछाबाङ हेर्दै आएको यो इप्रकाको आफ्नै भवन समेत छैन । स्थानीयको घरमा भाडामा बसेर सेवा दिँदै आएका प्रहरीको सेवाले सबैलाई लाभ मिलेको स्थानीय सुन्दर डाँगीले बताए । उनले भने ‘कुनै पनि मुद्दालाई कसैको पक्ष नलिई गाउँमै मिलाउन अधिकतम पहल गरिएकोले पनि प्रहरीप्रतिको विश्वास बढेको हो ।’ कुनै फौजदारी मुद्दा वा अलि गम्भीर प्रकृतिको केश आएमा इप्रका घर्तीगाउँले हेर्ने गरेको प्रहरी जवान भूपेन्द्र चन्दले बताए । त्यस्तै पाछाबाङ–४, सिरुवालीका मोहवीर वलीले युवा क्लवहरुसँगको सहकार्यले युवाहरुमा देखिने अराजकतालाई न्यूनिकरण गर्न मद्दत मिलेको बताए । स्थानीय एमालेका नरबहादुर वली पनि प्रहरीको सेवाबाट सन्तुष्ट देखिए उनले भने ‘अहिलेसम्म निकै राम्रो भएको भए पनि अझै राजनीतिक दलहरुसँगको सहकार्यलाई बलियो बनाउनुपर्छ ।’ केशहरु सहजरुपमा आइरहेकाले पनि प्रहरीप्रतिको विश्वास राम्रो भएको भन्न सकिने वलीको तर्क छ । द्वन्द्वका कारण उत्पन्न विभिन्न परिस्थितिको सहजीकरणको लागि प्रहरीसँगको सहकार्य सकारात्मक रहेको स्थानीय शान्ति समिति पाछाबाङका संयोजक मानसिंह बुढाले जानकारी दिए । ‘प्रहरीसँग जनताको दुरी निकै कम भइसकेको छ’ बुढाले भने ‘प्रहरी र जनताबीचको सम्बन्ध सुमधुर बन्नुमा प्रहरीकै सकारात्मक पहल हो ।’ त्यस्तै पाछाबाङको भन्दा राँक गाविसमा अलि बढी समस्या देखिने गरेको प्रहरी नायव निरिक्षक लोकबहादुर सिंहको भनाई छ । साना साना घटनाहरु पनि प्रहरीसम्म आउने गरेको तर तत्काल सेवा दिनको लागि आफूहरुको संख्या कम भएकोले केही समस्या देखिने गरेको सिंहले बताए । आमा समूहहरुको मदिरा निर्मुलको अभियानले प्रहरीलाई निकै टेवा पुग्ने गरेको उनले बताए । उनले भने ‘गाविसवासी सबैको सहयोगका कारण हामी सफल भएका छौं ।’ नायव निरिक्षक सिंहले प्रहरी भवन तथा संख्या थपको लागि माग राखेको समेत जानकारी दिए । प्रहरीको यो पहलले अपराधिक क्रियाकलाप नियन्त्रण हुनुका साथै प्रहरीप्रतिको नकारात्मक दृष्टिकोणको समेत अन्त हुनेछ । सत्य सेवा सुरक्षणमको बाटो अपनाई सधै समाजको रखवारीमा प्रहरीको सक्रियता बढेमा वर्दी सहितको जनता र वर्दी विनाको प्रहरीको दोहोरो सहकार्य कायम हुनसक्छ ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger