जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

नेपाली सेनाद्वारा पत्रकारसँग भेटघाट

0 comments


०८ मंसिर, रोल्पा । सूचना र सञ्चारको क्षेत्रलाई प्राथमिकतामा राख्दै देवीदत्त गण रोल्पाले जिल्लामा पहिलोपटक पत्रकार भेटघाटको आयोजना गरेको छ । केन्द्रले थालेका विभिन्न कार्यक्रमलाई जिल्ला स्तरमा पनि लागु गराउने उद्देश्यसहित गणले पत्रकार भेटघाटको आयोजना गरेको हो ।
ब्यारेक रोल्पाका गणपति बिनोद चन्दको आमन्त्रणलाई स्वीकार्दै नेपाल पत्रकार महासंघ रोल्पाका पदाधिकारीहरु जिल्लाका स्थानीय एवम् केन्द्रीय विभिन्न मिडियामा आवद्ध पत्रकारहरु सोमबार देवीदत्त गण ब्यारेक पुगेका थिए । कार्यक्रमलाई औपचारिकता दिँदै गणपति चन्दले जिल्लाका पत्रकारहरुसँगको सहकार्य राम्रो भएमा शान्ति सूव्यवस्था कायम हुने बताउनुभयो । हाल केन्द्रीय तहदेखि नै सूचना विभागमा नेपाल आर्मीले सफलता पूर्वक रिर्पोटिङ गरिरहेको र फलस्वरुप जनतासँगको सहकार्य अझैं सुदृढ भएको बताउनुभयो ।
राष्ट्रमा स्थायीशान्ति प्रर्वद्धनका लागि सूचना र सञ्चारको प्रभावकारिता धेरै हुने भएकाले यसतर्फको पाटोलाई जिल्लाले अँगालेको गणपति चन्दको भनाई छ । कार्यक्रमले आउँदो दिनहरुमा सहकार्यको वातावरण बनाउने भन्दै जिल्लाका पत्रकारहरुले गणले थालेको सकारात्मक कार्यको सराहना गरेका छन् । पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपानेले ब्यारेक रोल्पाले पत्रकारहरुसँगको सहकार्यमा आफ्नो कार्यलाई बढावा दिदै गएमा देशमा शान्ति सूव्यवस्था अझैं चुस्त हुनेमा जोड दिनुभयो । 
पछिल्ला समयमा देवीदत्त गण ब्यारेक रोल्पाले श्री बाल कल्याण उमावि रोल्पाका विद्यार्थीहरुलाई सयदिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । यस्तै जिल्लामा रहेका सरकारी तथा गैरसरकारी संघ संस्थाहरुसँगको समन्वयमा सरसफाई कार्यक्रम, बाटो मर्मत, मन्दिर रंगरोगन, भवन निर्माण, घुम्ती शिविर, जनस्वाथ्य शिविर, वृक्षारोपण आदीको आयोजना भईरहेको छ । भने जिल्लाका युवाहरुलाई विदेश पलायन हुनबाट जोगाउन नेपाल आर्मीमा भर्ती गराउने कार्यलाई प्रोत्साहन दिएको छ । 
पछिल्ला समयमा जिल्लाका युवाहरुलाई नेपाल आर्मीमा स्थापित गराउने उद्देश्यले जिल्लामै पटकपटक रिक्त दरबन्दीको आह्वान गरिँदै आएको छ । यसबाट पनि जिल्लाका युवाहरुले देशमै रोजगार गरेर बस्ने वातावरण सृजना हुने गरेको छ ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger