जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

जलजला युवा क्लवको वार्षिकोत्सव उदघाटन

0 comments

मंसिर ०८, रोल्पा । जलजला युवा क्लव पाछाबाङ रोल्पाको आठौं वार्षिकोत्सव सोमबार उद्घाटन गरिएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ उद्घाटन गरिएको वार्षिकोत्सव तथा मेला मंसिर १० गतेसम्म सन्चालन हुने आयोजकले जनाएको छ ।
एकीकृत नेकपा माओवादीका सुकबहादुर बुढा थमनको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा गाविस सचिव चन्द्रप्रसाद शर्माको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै कांग्रसका कुलबिर घर्ती, नेकपा–माओवादीका चित्रबहादुर बुढा गणेश लगायतको आतिथ्यता रहेको थियो ।
क्लवका अध्यक्ष कालुराम बुढाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको स्वागत क्लबका सदस्य सुन्दर वलीले दिनुभएको थियो भने सचिव ओम प्रकास बुढाले सन्चालन गर्नुभएको थियो । वार्षिक उत्सवका अवसरमा विभिन्न स्थानबाट आएका पुरुष भलिबल  र महिला गरेर १२ टिमले सहभागिता जनाएका छन् । यस्तै महिला रस्सा कस्सी, एकल नृत्य लगायतका खेलकुदको आयोजना गरिएको छ । मेलाको अवसरमा विविध साँस्कृतिक कार्यक्रम हुने आयोजकले बताएको छ । गाविसको वडा नं. ६ मा रहेको पूर्णिमा सांस्कृतिक समूहले विविध कला प्रस्तुत गर्ने कार्यक्रम रहेको बताइएको छ । मेला अवधिभर मादव पदार्थ सेवन निषेध गरिएको छ भने प्रहरी, विद्यार्थी, युवा क्लव, बाल क्लवको सक्रियतामा दैनिक ३ पटकसम्म अनुगमन समेत गरिदै आएको बताइएको छ ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger