जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

नेकपा–माओवादी औपचारिक रुपमै फूट्योः विप्लव पक्षद्वारा ‘सम्बन्ध विच्छेद’को घोषणा

0 comments

रोल्पा, ०८ मंसिर । एकीकृत नेकपा (माओवादी)बाट तीनवर्षअघि अलग भई मोहन वैद्यको नेतृत्वमा गठित नेकपा–माओवादी फेरी फुटेको छ । आज सोमबार एक विज्ञप्ती जारी गरी फरक मत राख्दै आएका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले औपचारिक रुपमै ‘सम्बन्ध विच्छेद’को घोषणा गरेपछि पार्टी फुटेको हो ।
तर यता संस्थापन पक्षले भने एक विज्ञप्ती जारी गर्दै विप्लवलाई टुटफूटको भूल नगरी कमीकमजोरीलाई सच्याएर पार्टीमा फर्कन आग्रह गरेको छ । साथै अलग्गिएको समूह पार्टीमा नफर्किए कार्वाहीको तयारी समेत गरिएको बुझिएको छ । क्रान्ति कसरी अगाडी बढाउने भन्ने विषयमा स्पष्ट नीति अगाडी ल्याउन नसकेको आरोप विप्लव पक्षले लगाएको छ । विज्ञप्तीमा विप्लवले पार्टीको गत्यावरोध तोड्नका लागि अन्तिम प्रयास स्वरुप आइतबार बैठकमा आफू सहभागि भएको तर किरण लगायतका नेताहरुको भूमीकाले गत्यावरोध झन् बढ्ने देखिएकाले यस्तो निर्णय गर्नु परेको बताएका छन् ।
पार्टी विभाजनको घोषणा गरेपनि नयाँ पार्टीको नाम र भावी रणनीतिका बारेमा भने छिट्टै तय गरिने विप्लव समूहले जनाएको छ । जनयुद्ध छाडेर शान्तिप्रक्रियामा आएसँगै व्यापक मतभेद झेल्दै आएको माओवादी केही वर्षनवित्दै धेरैपटक विभाजित भएको छ । शान्तिप्रक्रियामा नआउँदै मणि थापाले ‘क्रान्तिकारी कम्युनिष्ट पार्टी’ बनाए भने शान्तिप्रक्रियासँगै मात्रिका यादवले विच्छेदको घोषणा गर्दै नेकपा (माओवादी) बनाए, त्यसपछि एमाओवादीमा नारायणकाजी श्रेष्ठको एकीकृत मिसियो । त्यसलगत्तै एमाओवादीमा सबैभन्दा ठूलो झण्डै ३३ प्रतिशत केन्द्रिय सदस्य सहित तत्कालिन उपाध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाको समूह बाहिरियो । फूटको क्षेति संविधानसभाको दोस्रो निर्वाचनमा समेत एमाओवादीले बेहो¥यो ।
अहिले प्रचण्ड, बाबुराम भएको एमाओवादी गैरक्रान्तिकारी भएको भन्दै फूटेको नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लव फेरी त्यही आरोप लगाउँदै सम्बन्ध विच्छेदको घोषणा गरेका छन् । कम्युनिष्टहरुको व्यापक फूटलाई नजिकबाट नियाल्ने हो भने विप्लवले भन्ने गरेको क्रान्तिले पनि केही समयभित्र अर्को फूट निम्त्याउनु बाहेक केही उपलब्धी देला भनेर आश गर्ने ठाउँ छैन । 
धेरैले विप्लवमा उग्रवामपन्थी सोचाई रहेको विष्लेषण गरिरहँदा उनको आगामी कार्यनीति के होला भन्ने चासो पनि उत्तिकै छ । माओवादी विखण्डन तिब्र रुपमा भइरहेको बेला प्रचण्ड र वैद्य माओवादीवीच एकता हुने आंकलन पनि गर्नथालिएको छ । तर कतिपयले भने नयाँ शक्तिको नारा लिएर अगाडी देखिने डा. भट्टराई एमाओवादीबाट अलग्गिने हुन् कि भन्ने आशंका पनि उत्तिकै व्याप्त छ । 
कम्युनिष्ट केन्द्रको कुरा चलिरहँदा सबैभन्दा बढी फूटमा देखिएका कम्युनिष्टहरुको केन्द्र कसरी सम्भव हुन्छ यौटा निकै चुनौती अगाडी उभिएको छ । नेपालमा राजनीतिक पार्टी तथा संविधानसभामा समेत कम्युनिष्ट पार्टीहरुको बाहुल्यता रहेको भए पनि एकताका साथ अगाडी बढ्न र ‘सर्वहारा’को अपेक्षा अनुसारको काम गर्नभने कसैले सकेका छैनन् ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger