जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

म के गरू ?

0 comments

उही ठाउँमा उस्तै बसिरहेको छु
घाम लाग्छ सितल खोज्छु
भत्किँदा भत्किँदै बचेको
सानो झुपडी बाँकी छ
लुकाएको छु त्यही झुपडीमा
जिजीविषा ठानेर बोकेको पुरानो सपना
मेटिँदा मेटिँदै केरिएर
बचेको छ, पुरानो रहर
छातीमै राखेको छु सम्हालेर ।

जाडो हुन्छ मेटिएको अतित सम्झिन्छु
र भकभक उम्लिन्छु सूर्यझैं
केवल चियाइरहेछु एकतमासले
फन्तुस मलामीहरुलाई
एक बिसौनी बिसाएर सबै यादहरु
के म पनि यो रहर बेचेर
सपनाको सबै प्वाँख टुक्र्याएर
त्यही मलामीको उपज भेट्न
‘लिलामी माल’को उपाधी छोपी
आफ्नै पैतलाका दोवहरुलाई धिक्कार्दै
बनावटी हाँसो बोकी शहर पसुँ ?

मनको कुरा
तनको हर्ष अनि विस्मात
फूकाइदिउँ लाग्छ निस्फिक्रि हावामा
पहाडको छाती बेचेर
रातारात सगरमाथा झैं उभिउँ
र यी नाङ्गा सडकहरुलाई
हकारुँ झैं लाग्छ
अनकन्टार पुलेसोमा
सुक्नै आँटेको पानी म,
एकझरी पानी नओट्ने ढ्याप्ली,
वर्षात्सँग दिमान गरी
आँधीबेहरीमा उडाउँदै ‘सामन्त’
म आफ्नो अस्थित्व बनाउँ ?

आफ्नो बर्तमानलाई बेचेर
अर्काको भविष्य खोज्न
कसरी हिड्नु त्यो बगर ?
‘पहिचान’को चेत गुमाएर
अर्काकै फर्मानमा
कसरी कुच्नु यो माटो ?
निहित स्वार्थको अगाडि इमान गुमाउँदै
म तिम्रो बगलीमा पसेर
निस्कपट ‘मन’हरुको व्यापार गरुँ ?
या समानताको निम्ति सधै सधै लडिरहुँ
भन, म के गरुँ ?
२०७२ बैशाख ०२ लिबाङ, रोल्पा
(दैनिकपत्र बुटवलबाट प्रकाशित)


Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger