जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

रोल्पा हुँ म

0 comments

‘शहर’ भट्याउँछ ऊ
मेरो मुटुलाई झण्डा बनाएर
गल्ली–गल्ली, चोक–चोकतिर
अझ अरुको इशारामा
उनकै आगनभरि
हावाको सिरेटोले झस्काउँदै
झुक्किएर शहरका एकदुइ खबर
मेरो कानसम्म पु¥याउँछ
र भन्छ तँ फगत जेल्बाङ
शहर पस्न ‘जनयुद्ध’ पखाल
‘साम्यवादी’ रहर भेट्न
तँ जस्तै मान्छेहरुको छातीमा टेक
के तँ त्यसो गर्न सक्छस् ?

याम फेरिएसँगै फेरिए स्वार्थ
बुख्याँचा बनेर उभिएका छन्
नयाँ नाच देखाउँछु भन्दै
मञ्च अगाडि देखिएकाहरु
हाम्रो सबै ‘आशा’ बोकेर
नुन खोज्न हाट गएकाहरु पनि
रिसाएको आकाश झैं धुम्म देखिन्छन्
सुनको गजुर देखेर
‘हजुर’हरु सबै पलाउन विर्सेपछि
म त सुनको विरोधमै उभिएँ
हो, म तिम्रो विरोधमा उभिएको फलाम
मै हुँ थबाङ
हजुरले भन्नै पर्दैन मेरो नाउँ ।

जून झारेर उज्यालो बाँड्छु भन्थ्यौ
शोषणका सबै जरा फाँडेर
‘साम्यवाद’ रोप्छु भन्थ्यौ
ख्वै ? मोडियो त पाइला ।?।

गास काटेर दिनेछु अझै
बास च्याटेर बाँड्नेछु तिमीसँग
बराबरी हुनेछौं हामी
गैरजिम्मेवार काठमाडौंसँग
रोल्पा, कालिकोट र इलाम
कुम जोडि जोडि उभिनेछन्
हो, यो अर्को सपना हो मेरो
फेरि अर्को सपना देखेको छु
फन्तुस सपनाको भड्खालो उचालेर
बाँचिरहेको रोल्पा हुँ म, रोल्पा ।
२०७१ चैत्र, लिबाङ, रोल्पा
(नयाँ युगबोधको सौगात र लालित्य वार्षिक पत्रिकामा प्रकाशित)




Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger