जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

कुटनीतिक पहलका लागि सरकारसँग अध्यक्ष विष्टको आग्रह

0 comments

मंसिर १६ रोल्पा
नाकाबन्दीका कारण मुलुकभरको जनजीवन कष्टकर बनीरहेको बेला रोल्पा पुगेर नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले कुटनीतिक पहलका लागि सरकारसँग आग्रह गरेका छन् । कुनै दल वा पार्टीका कुरा भन्दा पनि आन्तरिक राष्ट्रियताको कुरा महत्वपूर्ण भएकाले समस्या समाधानका लागि त्यसतर्फ अग्रसर हुन उनले सरकारसँग आग्रह गरे । बाह्य शक्तिको चित्त बुझेन भन्दैमा राष्ट्रियता नै खतरामा पर्ने गरी नाकाबन्दी नगर्न मधेसी मोर्चालाई समेत विष्टले अनुरोध गरेका छन् । ‘परिवर्तनका कुराहरु संस्थागत गर्नका लागि संविधान पूर्ण छ’ अध्यक्ष विष्टले भने ‘त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने सवाल मात्र महत्वपूर्ण हो ।’ उनले आन्तरिक समस्या समाधान गर्न सरकार तथा मधेसी मोर्चा दुवै लचिलो हुनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ रोल्पा दशौं वर्षमा प्रवेश गरेको अवसरमा बुधबार आयोजित भवन उद्घाटन तथा स्मारिका विमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष विष्टले यस्तो बताएका हुन् । विष्टले पेशागत हकहितका साथै भौतिक सुरक्षा पत्रकारका लागि तत्कालको चुनौतीको रहेको बताए । ‘संस्थागत विकास, व्यवसायिकता र संघर्ष, नेपाल पत्रकार महासंघ रोल्पाको दशवर्ष’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रम हुनुअघि रोल्पा सदरमुकाम लिबाङ टुँडिखेलबाट पञ्चेबाजासहित ¥याली निकालिएको थियो ।

पत्रकार महासंघ रोल्पाको नवनिर्मित भवनको रिवन काटेर अध्यक्ष विष्टले उद्घाटन तथा भवनको निरीक्षण गरेपछि पुनः ¥याली उद्योग वाणिज्य संघको सभाहलमा पुगी सभामा परिणत भएको थियो । कार्यक्रममा रोल्पा शाखा दशवर्ष पुगेको अवसरमा प्रकाशित महासंघको स्मारिकाको समेत विमोचन गरिएको थियो । त्यस्तै संस्थापक कार्यसमिति लगायत महासंघका गतिविधिदेखि भवन निर्माणसम्म सहयोग गर्ने विभिन्न संस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

सोही अवसरमा मंगलबार आयोजित पत्रकार÷साहित्यकार र राजनीतिक दल÷कर्मचारी बीचको मैत्रीपूर्ण फूटबल प्रतियोगितामा विजेता दल÷कर्मचारी तथा उपविजेता पत्रकार÷साहित्यकारलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै मंगलबार बेलुकी महासंघको भवनमा दिपावली समेत गरिएको सचिव इश्वरी जिएमले बताईन् ।

नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष धरेन्द्र डाँगीले सहभागीलाई स्वागत गरेका थिए भने सचिव ईश्वरी जिएमले सञ्चालन गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्द्रीय कोषाध्यक्ष सूर्यमणी गौतम, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा तथा स्थानीय विकास अधिकारी गेहेन्द्रबहादुर डाँगी विशिष्ट अतिथिको रुपमा रहनुभएको थियो । त्यस्तै महासंघका केन्द्रीय सदस्य तथा मध्यपश्चिम संयोजक झलक गैरे, केन्द्रीय सदस्य तथा मध्यपश्चिम सहसंयोजक अजयदीप शर्मा, महासंघका पूर्व उपाध्यक्ष विपुल पोख्रेल, राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्था लगायत जिल्लास्थित सबैजसो मिडियाकर्मीहरुको सहभागिता रहेको थियो ।

२०६१ साल पौष १४ गते गठन गरिएको नेपाल पत्रकार महासंघ रोल्पालाई महासंघ केन्द्रको २०६२ मंसिर १५ र १६ गते बसेको बैठकले मान्यता दिएपछि रोल्पा शाखाले मंसिर १६ गतेलाई नै स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । हाल रोल्पामा ३ वटा रेडियो, ८ वटा साप्ताहिक पत्रिका सञ्चालन भइरहेका छन् ।

पत्रकार–साहित्यकार र राजनीतिक दल–कर्मचारी बीचको मैत्रीपूर्ण फूटबलमा सहभागि

नेपाल पत्रकार महासंघ रोल्पाको भवन उदघाटन गर्दै महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्ट तथा अन्य अतिथिहरु ।

रयालीमा सहभागी अतिथि तथा जिल्लाका पत्रकारहरु महासंघको भवन अगाडि फोटो खिचाउँदै ।

नेपाल पत्रकार महासंघ रोल्पा एकदशक पुगेको अवसरमा कार्यक्रमको उदघाटन गर्दै महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्ट ।
कार्यक्रममा राष्ट्रिय गीत प्रस्तुत गर्दै पत्रकारहरु क्रमशः देवी गुरूङ, नवीन लोचनमगर र अमरजित पुनमगर ।

नेपाल पत्रकार महासंघ रोल्पाको स्मारिका विमोचन गर्दै केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्ट ।

नेपाल पत्रकार महासंघ रोल्पाको संस्थापक टिम सम्मानित भएपछि फोटो खिचाउँदै ।

मैत्रीपूर्ण फूटबलमा विजेता तथा उपविजेता भएकाहरु प्रमाणपत्र ग्रहणका लागि उभिँदै ।

नेपाल पत्रकार महासंघ रोल्पा एकदशक पुगेको अवसरमा प्रमुख अतिथिका रुपमा बोल्दै डा. महेन्द्र विष्ट ।

नेपाल पत्रकार महासंघको केन्द्रीय टोलिसँग छुटिनु अगाडि फोटो खिच्दै रोल्पाका पत्रकारहरु ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger