जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

रोल्पामा ठूलोमात्रामा बजेट फ्रिज हुँदै

0 comments

१९ जेठ, रोल्पा । चालु आर्थिक वर्षको तेस्रो चौमासिक सकिँदा समेत रोल्पाको विकास निर्माणतर्फ विनियोजित बजेटको अत्यन्तै न्यून मात्रामा खर्च भएको छ । चालु आर्थिक वर्षका लागि पूँजीगत तर्फ विनियोजित बजेटमध्ये ३२ प्रतिशत मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय रोल्पाले जनाएको छ ।

रोल्पालाई पूँजीगत तर्फ जम्मा ८८ करोड ८६ लाख ५४ हजार ९ सय रुपैयाँ खर्च गर्न पाउने गरी अख्तियारी आएको थियो । तर गत चैत मसान्तसम्म २९ करोड ३ लाख ९० हजार ७ सय ६३ रुपैयाँ मात्र खर्च भएको प्रमुख कोष नियन्त्रक शिवराम महतले जानकारी दिनुभयो ।

जिल्ला विकास समिति रोल्पाले चैत मसान्तसम्म पूँजीगत तर्फ जम्मा १० करोड मध्ये करिव सवा ३ करोड अर्थात ३२ दशमलव ३६ प्रतिशत, प्राविधिक कार्यालयले जम्मा सवा १ करोड मध्ये ५१ लाख अर्थात करिव ४० प्रतिशत र शहीदमार्ग सडक योजनाको साढे ४३ करोडमध्ये करिव ३४ प्रतिशत मात्रै बजेट हालसम्म खर्च गरेको छ ।

यसरी आर्थिक वर्षको तेस्रो चौमासिकसम्म निदाएर बस्ने उपभोक्ता, सम्बन्धित कार्यालय र ठेकेदारहरुले आर्थिक वर्ष सकिने बेलामा हतार–हतारमा काम गर्न थालेका छन् । अर्काे तर्फ विकास बजेटको ठूलो धनरासी फ्रिज हुने सम्भावना बढेको छ ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger