जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

प्रलेस रोल्पाको बैठक सम्पन्न

0 comments


२९ असार । प्रगतिशील लेखक संघ रोल्पाको तेस्रो अधिवेशन पश्चात चयन भएका नयाँ कार्यसमितिको पहिलो बैठक आइतबार रोल्पाको लिबाङमा सम्पन्न भएको छ । प्रलेसका केन्द्रीय सचिव आर एम डंगोलको प्रमुख आतिथ्यतामा र प्रलेसका केन्द्रीय सदस्य गौरीकिरण डाँगीको विशिष्ट आतिथ्यतामा सम्पन्न बैठकको अध्यक्षता संघका अध्यक्ष नवीन लोचनमगरले गर्नुभएको थियो ।
कार्यक्रममा सल्लाहकार तथा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने, सल्लाहकार एवम् प्रलेसका पूर्व केन्द्रीय पार्षद् खेमराज शर्मा, संघका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । बैठकले यही असोजको अन्तिम सातासम्म प्रलेसको मुखपत्र प्रकाशन गर्ने निर्णय गरेको छ । जसका लागि रचना एवम् शुभकामना संकलन गर्ने निर्णय गरेको छ । प्रलेसका जिल्ला सचिव देवी गुरुङको सन्चालन रहेको बैठकले निवर्तमान कार्यसमितिलाई धन्यवाद दिँदै नयाँ कार्यसमितिमा जिम्मेवारी हस्तान्तर गरेको छ ।
त्यस्तै थप गर्ने भनिएको सदस्यको समेत थप गरी कार्यसमितिलाई पूर्णता दिइएको छ । जसमा सुनिता बुढामगरलाई थप गरिएको सचिव देवी गुरुङले जानकारी दिनुभयो ।
बैठकमा प्रशिक्षण मूलक मनतब्य दिदै केन्द्रीय सचिव डंगोलले देशका ४३ जिल्लाहरुमा प्रलेसको शाखा विस्तार भइसकेको बताउँदै कार्यक्रमहरु पनि सशक्त रुपमा अघि बढीरहेको जानकारी दिनुभयो । उहाँले विभिन्न क्षेत्रगत रुपमा कार्यशाला, गोष्ठीहरु र प्रशिक्षणमूलक कार्यक्रमहरु भइरहेको समेत बताउनुभयो । साधारण सदस्यता विस्तार गर्न आग्रह गर्दै केन्द्रीय सचिव डंगोलले वार्षिक कार्ययोजना तय गरी अघि बढ्न समेत सुझाव दिनुभयो ।
बैठकमा बोल्दै केन्द्रीय सदस्य गौरीकिरण डाँगीले प्रलेसको विधान र नीति नियम अनुसार अघि बढ्न सुझाव दिनुभयो । बैठकले नियमित बैठक प्रत्येक महिनाको अन्तिम शनिवार गर्ने र आवश्कता अनुसार अन्य समयमा पनि गर्न सकिने निर्णय समेत गरेको छ ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger