जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

अल्लोधागो उत्पादनमा महिला आकर्षण बढ्दो

0 comments

रोल्पा । घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला शाखा रोल्पाले पूर्वी रोल्पाको गाममा १ महिने अल्लो धागो कटाई, स्तरोन्नति र पुनर्ताजगी तालिम शनिबार सम्पन्न गरेको छ । आ.व. २०७२÷०७३ को वार्षिक कार्यक्रम अनुसार गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत उक्त तालिम दिइएको घरेलु तथा साना उद्योग विकास समिति रोल्पाका प्रमुख बालकृष्ण आचार्यले बताउनुभयो ।

तालिममा कोठेभिर अल्लो उद्यमी समूह गामका १३ जना महिला उद्यमीहरुलाई उक्त तालिम दिइएको हो । गरिवी निवारणका लागि लघुउद्यम विकास अन्तर्गतको बजेटबाट ८० प्रतिशत अनुदानमा प्रत्येक प्रशिक्षार्थीहरुलाई १÷१ सेट अल्लो कटाई मेशिन, चर्खा र अल्लो तौलिने तराजु प्रदान गरिएको आचार्यले बताउनुभयो ।

सिर्जनशील अल्लो धागो कटाई लिबाङका प्रोप्राइटर तिलसरी बुढाले प्रशिक्षण दिनुभएको थियो । उद्योग अधिकृत बालकृष्ण आचार्यको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका देउसिंह घर्तीमगर, जनता मावि गामका प्रधानाध्यापक बागवीर घर्ती, एमालेका टेमन घर्ती, कोठेभिर बाख्रा पालन समूहका अध्यक्ष नरबहादुर घर्ती लगायतले बोल्नुभएको थियो । वक्ताहरुले तालिमलाई व्यवहारमा लागु गरी आत्मनिर्भर उद्यमीको पहिचान बनाउन प्रशिक्षार्थीहरुलाई सुझाव दिएका थिए । प्रशिक्षार्थीका तर्फबाट बोल्दै कोठेभिर अल्लो उद्यमी समूह गामका अध्यक्ष रमिता बुढाले तालिमबाट धेरै कुरा सिकेको बताउँदै यसको उत्पादन र व्यवस्थापनमा संघसंस्थाहरुले अझै लगानी गर्नुपर्ने बताउनुभयो ।

सामाजिक परिचालक किरण बुढामगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन मोदबहादुर घर्तीले गर्नुभएको थियो । ३ लाख ५० हजारमा निर्माण गर्न लागिएको साझा सुविधा केन्द्र भवनमा अल्लो सम्बन्धी कार्य गरिने अध्यक्ष रमिता बुढाले बताउनुभयो । समूहको नाममा २ सय ९० वर्गमिटरको जग्गा समेत रहेको बुढाले जानकारी दिनुभयो ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger