जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

प्रहरीद्वारा विद्यालय एवम् नागरिक छलफलमा व्यापकता

0 comments

११ जेठ, रोल्पा । मध्यपश्चिम क्षेत्रिय प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी महानिरीक्षक माधवप्रसाद नेपालले अपराध र गुण्डागर्दी कुनै पनि हालतमा नियन्त्रण गरेरै छाड्ने बताउनुभएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय रोल्पामा आयोजित नागरिक अन्तरक्रियामा सो कुरा बताउनुभएको हो ।

त्यस्तै शनिबार रोल्पाको माडीचौरमा जिल्ला प्रहरी कार्यालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा पनि नेपालले सम्वोधन गर्नुभएको छ । नागरिकसँग अन्तरक्रिया गर्दै प्रहरी प्रमुख नेपालले प्रहरी आफै रक्सी खाएर नाच्न थालेपछि अरुले झन् के गर्छ ? भनेर प्रश्न गर्नुभयो । गुण्डासँग बसेर रक्सी खाने प्रहरीले नागरिकको सुरक्षा कहिल्यै गर्न नसक्ने ठोकुवा समेत गर्नुभयो । 

तस्करी, लागुऔषध नियन्त्रण लगायतका मुख्य योजनाहरु प्राथमिकतामा राखेको भन्दै नेपालले स्थानीय रुपमा खटिएका प्रहरी कर्मचारीले कानून विपरित गरेको थाहा पाएमा सिधै आफूलाई फोन गर्न आग्रह समेत गर्नुभयो । अहिलेको प्रहरी जनमुखी हुनुपर्ने भन्दै उहाँले जनताको साथ विना प्रहरी कहिल्यै सफल हुननसक्ने बताउनुभयो । कार्यक्रममा कोटगाउँ तथा जङ्कोटका राजनीतिक दल, विभिन्न संघसंस्था, आमासमूह लगायत सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी सबैलाई जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीमगरले धन्यवाद दिनुभएको थियो ।

त्यस्तै प्रहरी प्रमुख माधवप्रसाद नेपालले जङ्कोट माडीचौरमा रहेको बालउदय माविका छात्रछात्राहरुसँग लागुऔषध तथा ट्राफिक नियमबारे अन्तरक्रिया गर्नुभएको छ । शनिबार आयोजित अन्तरक्रियामा विद्यालयका शिक्षक, विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा ट्राफिक सचेतना सम्बन्धी प्रस्तुति समेत प्रहरी प्रमुख नेपालले गर्नुभएको थियो भने सहभागीका तर्फबाट छात्रा स्मृति पुनमगर र छात्र दिनेश घर्तीमगर तथा शिक्षकका तर्फबाट सोमबहादुर घर्तीमगरले कार्यक्रमबारे प्रतिक्रिया दिनुभएको थियो ।

त्यस्तै मावि कोटगाउँ, बालकल्याण उमावि लिबाङ लगायत विभिन्न विद्यालयहरुमा पनि अन्तरक्रिया गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger