जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

पञ्चेबाजा बजाउँदै रोल्पालीले भने ‘प्रहरी मेरो साथी’

0 comments

असार २७, रोल्पा ।  ‘प्रहरी मेरो साथी’ भन्दै पञ्चेबाजाको तालमा रोल्पा सदरमुकाम लिबाङमा कर्मचारी, दल, विद्यार्थी तथा नागरिक अगुवाहरुको ठूलो ¥याली टुँडिखेल निस्किँदा बजारवासीहरु अचम्मित थिए । पञ्चेबाजाको गुञ्जायमानले नै उत्सुक बनेका नागरिकहरुलाई ‘प्रहरी मेरो साथी’ लेखिएको ब्रोसर प्रहरीद्वारानै बजारवासीको हातमा ठम्याइदिँदा नागरिकप्रतिको प्रहरी उत्तरदायित्व बुझ्न थप मद्दत मिल्यो ।

सोमबार जिल्ला प्रहरी कार्यालय रोल्पाले प्रभातफेरीसहित सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गरेको छ । टुँडिखेलबाट थालिएको ¥याली बजार परिक्रमासहित जिल्ला प्रहरी कार्यालय रोल्पाको प्राङ्गणमा पुगेपछि अन्तरक्रिया थालिएको थियो ।

अन्तरक्रियामा प्रमुख अतिथिको रुपमा बोल्दै जिल्ला न्यायाधिश कमलप्रसाद ज्ञवालीले प्रहरीमात्र नभई हरेक निजामती कर्मचारी ‘नागरिकको साथी’ हुनुपर्ने बताउनुभयो । नागरिकलाई आफ्नो लागि खटाइएको आभास भएमात्र प्रहरी र जनताबीचको सम्बन्ध बलियो हुने उहाँको भनाई थियो । 

त्यस्तै विशिष्ट अतिथिको रुपमा बोल्दै प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले प्रहरी एक्लैले चाहेर कुनै पनि काम सफल नहुने भएकाले सबैको सहकार्य अनिवार्य रहेको बताउनुभयो । समाजमा बढ्दो अपराधलाई नियन्त्रण गर्नका लागि जनउत्तरदायी प्रहरी आवश्यक रहेको उहाँले टिप्पणी गर्नुभयो ।

नागरिकसँगको प्रत्यक्ष साक्षात्कारका निम्ति प्रहरीले यस्तो अभियान सञ्चालन गरेको प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले बताउनुभयो । ‘यसअघि मूस्कानसहितको सेवाले राम्रो प्रभाव पा¥यो’ प्रहरी प्रमुख घर्तीमगरले भन्नुभयो ‘सचेत नागरिकको अगुवाईले नै प्रहरीको भूमिका फराकिलो हुने हो ।’

समाजमा बढ्दै गइरहेको लागुऔषध, घरेलु तथा सामाजिक हिंसा, लैंगिक हिंसा, मानव वेचविखन र ओसारपसार, बालविवाह जस्ता विकृती विसंगती तथा अपराध रोकथाम, नियन्त्रण गर्नका लागि ‘प्रहरी मेरो साथी’ कार्यक्रम सञ्चालन गरिएको घर्तीमगरको भनाई थियो । 

कार्यक्रममा सहभागीहरुले प्रहरीले एक्लैे मात्र चाहेर सफल नहुने भएकाले जनतासँगको सहकार्य र हातेमालोको आवश्यकता अनिवार्य भएको बताएका थिए । केही प्रहरीहरुको गलत हर्कटबाट अहिले पनि नागरिक त्रसित हुने गरेको भन्दै प्रहरीको आन्तरिक पंक्तिलाई पनि व्यस्थित गर्न सहभागीले सुझाव दिएका थिए । 

रोल्पा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायाधिश कमलप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको विशिष्ट आतिथ्यता रहेको थियो भने स्थानीय विकास अधिकारी सुशील बैद्य, खड्गदल गणका धर्मराज बोगटी, नेपाली कांग्रेसका लेखमणी डाँगी, एमाले अध्यक्ष हरिप्रसाद घर्ती, नेकपा माओवादी केन्द्रका पुरण क्षेत्री, अनुसन्धान अधिकृत नगेन्द्रराज गिरी, उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण आचार्य, गैरसरकारी संस्था महासंघ रोल्पाका सहसचिव अर्जुन डिसी, नेपाल बार एशोसियशनका माधव आचार्य, लैगिंक हिंसा नियन्त्रण सञ्जाल रोल्पा अन्तर्गत कार्यकारीणी समितिका अध्यक्ष श्रीकुमारी रोका लगायतको आतिथ्यता रहेको थियो ।

प्रहरी निरीक्षक केशब बहादुर बस्नेतको स्वागत मनतव्यबाट शुरुभएको कार्यक्रमको सञ्चालन प्रहरी नायव निरीक्षक राशबहादुर थापाले गर्नुभएको थियो ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger