जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

गीतसंगीतबाटै समाजमा राम्रो छाप छोड्न चाहन्छुः अर्जुन कौशल, गायक

0 comments

सन्चै हुनुहुन्छ ?
हजुर, ठीकै छु ।
आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
लोकदोहोरी गीत, तीजको गीत, लोक पप गीत, भजन र हिन्दी गीतहरुमा व्यस्त छु ।
पाल्पामा जन्मेको मान्छे, राजधानी छिर्ने वातावरण कसरी बन्यो ?
सानैदेखि गीतसंगीत मन पथ्र्यो र घरबाट पनि साथ पाएँ ।
लभ म्यारिज कि एरेन्ज ?
मागेर नै हो ।
म्याडमले के गर्नुहुन्छ ?
घरको हेरचाह र मलाई गीतसंगीतमा सहयोग गर्नुहुन्छ ।
कलाकारहरु त प्रेम, सेक्समा उदार हुन्छन् भन्छन्, तपाई झन् ह्याण्डसम हुनुहुन्छ, केटीहरु कत्तिको पछि लाग्छन् ?
होइन, यो कलाकारलाई बदनाम गर्ने कुरा मात्र हो ।
कतै पछ्यौरीमा मन अल्झेको सम्झना छ ?
जब मन अल्झेको बेलामा सुको थिएन अब पैसाबाहेक अरु सबै ठिकठिकै छ ।
तपाईका गीत अनि एल्वमका बारेमा संक्षेपमा जानकारी दिनुस् न ?
मेरो पहिलो लोक दोहोरी एल्वम आउने दशैमा हो । त्यस्तै मैले शब्द÷संगीत गरेको ‘हिउँचुलीमा घाम लाग्यो घमाइलो’, ‘दार्जिलिङको घुम्तीमा घुम्यो रेल’, ‘तिनाउ खोला पारि’, ‘ड्राइभर म माइलो मोटर चलाउँदै’, राष्ट्रिय गीत ‘मेरो हातमा खुकुरी छ उनको हातमा झन्डा’ लगायत पहिलोपटक गाएको लोकपप ‘भिरको बाटोमा’, ‘यानी माया हो’, ‘नथिया बोलिले’, ‘मापसेको चेकिङ छ’, ‘घुमी घुमी नाचिदेऊ सोल्टीनी’ लगायत थुप्रै पप, आधुनिक अनि तीज गीतहरु गाएको छु ।
दर्शक उराल्ने गीतहरु धेरै गाउनुहुन्छ, कसरी जुर्छ यस्तो संयोग ?
यो त दर्शककै मायाले हो ।
गीत गाएर बाँच्न गाह्रो छ भन्छन् नि धेरैले ?
खै १५÷१६ वर्ष भो गीतसंगीतमा लागेको, बाँचिरहेको छु । पछि के हुन्छ मलाई नी थाहा छैन ।
कुन राजनेता मनपर्छ, कारण ?
कुरा भन्दा काम कम र देशप्रति बफादार कमै पाइन्छ, त्यस्तो नेता छन् र नेपालमा ?
गर्भमा बच्चा बोकेर यो तेरै हो भनेर कसैले भन्न आयो भने के गर्नुहुन्छ ?
हा..हा.. त्यो त गर्भवती महिलालाई नै थाहा होला ।
अर्जुनमा थर हटाएर कौशल किन जोडेको ?
मेरो नाम अर्जुन लोहागुन कौशल नै हो । लोहागुन राख्दा लामो हुने भएकोले अर्जुन कौशल मात्र राखेको हुँ ।
अर्जुन त राती राती ठमेलतिर छिर्छ भन्छन् नि ?
हा..हा.. त्यो मान्छेले या पावर बढि भएको चश्मा लगाउँछ या कम पावरको ।
मुलुकको प्रधानमन्त्री बन्ने चिट्ठा परे पहिलो काम के गर्नुहुन्थ्यो ?
मैले गीतसंगीतमा धेरै गर्न खोज्दा त केही गर्न सकेको छैन देशको लागि मन्त्री भएर भन्दा पनि म मेरो गीतसंगीतबाटै देशलाई चिनाउने कोशिस गर्नेछु ।
जीवनमा चाहेर पनि गर्न नसकेको काम के छ ?
धेरै छ । त्योमध्ये पनि गीतसंगीतबाटै समाजमा राम्रो कामको छाप छोड्न पाए हुन्थ्यो ।
 प्रस्तुतीः नवीन लोचनमगर
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger