जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

नाति मारेको आशंकामा हजुरआमा पक्राउ

0 comments

भाद्र ३, रोल्पा । नाति मारेको आशंकामा मामाघरकी हजुरआमालाई रोल्पा प्रहरीले आज पक्राउ गरेको छ । जेद्बाङ–८, राङजातकी ६० वर्षिया मनसरी विकलाई नाति मारेको आशंकामा इलाका प्रहरी कार्यालय सुलिचौरले पक्राउ गरेको बताइएको छ । 

मनसरीले आफूसँगै बस्दै आएका १० वर्षका नाति दिनेश बुढालाई मारेको आशंकामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले बताए । 

गत साउन २७ गते घर नजिकैको रुखमा बालक भुन्डिएर मरेको भनी उजुरी परेपछि २९ गते सुलिचौर ईप्रकाका प्रहरी निरीक्षक सशीधर अधिकारीको नेतृत्वमा घटनास्थल पुगेकोे प्रहरी टोलीले मुचुल्का उठाई शव परीक्षणका लागि जिल्ला अस्पताल रेउघालाई जिम्मा लगाएको थियो । ती बालकको रहस्यमय ढंगबाट मृत्यु भएको शव परीक्षणका क्रममा खटिएका प्रहरी निरीक्षक केशव बस्नेतले जनाएपछि घटनालाई सुष्म तवरले अनुसन्धान थालिएको थियो । 

जिल्ला अदालत रोल्पाले थप अनुसन्धानका लागि बुधबार पाँचदिन म्याद थप गरी आरोपित हजुरआमा मनसरीलाई प्रहरीको जिम्मा लगाएको छ । मृतक बालक मामाघरमा बस्दै आएका थिए । यस बारेमा अझैं थप रहस्यहरु रहेको बताउँदै गम्भीर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख रामप्रसाद घर्तीमगरले बताए । बालकले चुरोट खाने, पैसा चोर्ने गरेका कारण आफूले मुठीभरीको दाउराले हानेको हजुरआमा बिकले स्वीकार गरेकी छिन् । 

उक्त घटना अगावै गत साउन २० गते बालकका सौतेला बुवा कृष्णराज गैंडाले पनि बालकमाथि कुटपिट गरेको अनुसन्धानमा खुल्न आएको छ । हजुरआमा बिक र उनका सम्पूर्ण परिवारजनलाई राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाईएको प्रहरी प्रमुख घर्तीमगरले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पामा साउन महिनाभित्रमा थप दुई वटा घटनाहरु बालक हत्या सम्बन्धी परिसकेका छन् ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger