जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

बैठकमै ढुंगा प्रहार गरी हत्या

0 comments

२, भदौ रोल्पा । दक्षिणी रोल्पाको जौलिपोखरी–२, लामीडाँडामा ढुंगा प्रहार गरी एकजनाको हत्या भएको छ । आज दिउँसो ४ बजे स्थानीय सामुदायिक वनको बैठक भइरहेको अवस्थामा विवाद परेपछि लामीडाँडा निवासी वर्ष ३३ का बलबहादुर बुढाले ढुंगा प्रहार गरी सोही ठाउँका ६३ वर्षिय खरवीर बस्नेतको हत्या गरेको प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

सामुदायिक वनको बैठकमा रुख काटेको विषयमा भएको विवादले उग्र रुप लिएपछि आक्रोशित बुढाले बैठकमै ढुंगा प्रहार गरी हत्या गरेको स्थानीयले बताएका छन् । मादक पदार्थ सेवन गरी बैठकमा आएका मृतक खरवीरले घर जान लागेका बलबहादुरलाई हात हालेपछि बलबहादुरले पनि हात छोडेको स्थानीयको भनाई छ । घटना भएलगतै स्थानीय प्रहरी चौकी सुरपालमा खबर गरिएको भिरकुना सल्लेरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भक्तबहादुर बस्नेतले बताए । ढुंगा प्रहार गर्ने बुढालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger