जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

नयाँ सरकार र जनअपेक्षा

0 comments

नवीन लोचनमगर
संविधान निर्माणपछि बनेको केपी ओली  नेतृत्वको  सरकारलाई  हटाएर बनेको नयाँ सरकारका अगाडि अहिले जनताको  आशा,  भरोसा,  विश्वासका साथै  क्रिया  प्रतिक्रिया  चर्को  रुपमा उठीरहेको  छ  ।  पुष्पकमल  दाहाल प्रचण्ड  नेतृत्वको  सरकारले  जनतामा प्रत्यक्ष  प्रभाव  पार्नसक्ने  कार्य  के गर्नसक्छ  ?  भन्ने  चासो  सर्वत्र  छ  । यद्यपि  ओली  नेतृत्वको  अघिल्लो सरकारले नै बजेट  भासन  गरिसकेको र नेपाली कांग्रेससँगको सहमती अनुसार अर्को  बजेट  आउनु  अगावै  नेतृत्व छोड्नुपर्ने बाध्यता भएकोले यसले बजेट क्रियान्वयनका  सन्दर्भमा  त्यति  ठूलै कायापलट गर्नसक्ने अवस्था छैन ।

सरकारका  अगाडि  सबैभन्दा ठूलो  चुनौती  भनेको  संविधान कार्यान्वयन,  भूकम्प  प्रभावित  क्षेत्रको पुनर्निर्माण,  मधेसी  मोर्चालाई  मनाउनु तथा  शान्ति  प्रक्रियालाई  दीर्घकालीन रुपमा  समाधान  गर्नुु  नै  रहेको  छ  । त्यसका  साथै  अन्तर्राष्ट्रिय  शक्ति राष्ट्रहरुसँगको  समन्वय  पनि  उत्तिकै महत्वपूर्ण  देखिन्छ  ।  यी  काम  गर्दा माओवादी नेतृत्वको सरकारलाई होस् या अरु जो कोहीलाई पनि फलामको च्यूरा  चपाउनु  सरहनै हुनेछ  । मधेसी मोर्चासँग  उदार  ढंगले  प्रस्तुत  हुँदा राष्ट्रियता  नै  खतरामा  पर्छ  कि  भन्ने चिन्ता  एकातिर  छ  भने  संघीयतामा सीमांकन  तथा  नामांकनका  विषयमा पनि मधेसी समुदायलाई सम्बोधन गर्दा पहाडमा पनि आगो बल्ने खतरा उत्तिकै देखिन्छ  ।  खासगरि  आदिवासी जनजाति  तथा  प्रादेशिक  संरचना अन्तर्गत गाउँतहको  सीमांकनको मुद्धा जटिल बन्न  सक्छ ।  

त्यस्तै कतिपय टुक्र्याइएका  जिल्लाहरुको  सेलाएको माग फेरी व्यूझिन सक्छ । अर्कोकुरा प्रदेशका  केन्द्र  कहाँ  रहने  भन्ने  पनि टुंगो  लागिनसकेको  अवस्थामा मधेसतिरको  उदार  सम्बन्धले  त्यसमा पनि असर पर्नेछ । अहिले  मुलुकमा  बेरोजगार व्याप्त छ । नेपालमा रोजगारको सिर्जना गर्नु पनि एउटा चुनौती हो । तत्कालका कुरा  गर्दा  अहिले  विदेशका  विभिन्न भूमिमा नेपाली अलपत्र अवस्थामा छन् । उनीहरुको  आन्तरिक  द्वन्द्वमा  पनि नेपाली  चेपटिएको  वास्तविकता  हामी देख्दै र भोग्दै आएका छौं । बैदेशिक रोजगारमा  जाँदा  अपनाइने आधिकारिकता  तथा  विदेश गइसकेकाहरुको  हकमा  र अप्ठ्यारोमा परेकाहरुलाई उद्धार गर्ने सन्दर्भमा  सरकारले  उचित  कदम चाल्न आवश्यक छ ।

ओली  नेतृत्वको  सरकार सञ्चालन  भइरहँदा  गरिएको  सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानविन आयोगको क्रियाकलाप र  केपी  ओली  नेतृत्व  सरकारको रबैयाका  कारण  माओवादी  सशंकित भएको  अनुमान  सर्वत्र  छ  ।  यही सन्दर्भमा  बनाइएको  सरकारले दीर्घकालीन  रुपमा  शान्ति  स्थापनाका निम्ति कसरी कदम चाल्न सक्छ भन्ने जिज्ञासा पनि छँदैछ । जनस्तरमा प्रभाव पार्ने  खालका  कार्य  भनेको  सामान्य मान्छेको बुझाईमा विकास निर्माण नै हो । विकास निर्माणका सवालमा धेरै बजेट  आफ्नो  क्षेत्रतिर  पारियोस्,  वा अस्तव्यस्त  विभिन्न  सम्पदाहरुको पुनर्निर्माण गरियोस् भन्ने चाहना सबैमा देखिन्छ । त्यसैको बीचबाट नै तीब्र आलोचना पनि भइरहेका छन् ।

मुलुकका  विभिन्न  मुख्य ओहोदामा रोल्पालीहरुको प्रतिनिधित्व भइरहँदा  जिल्लाबासीको  आशा  अनि अपेक्षा पनि झन् बढेका छन् । विकास निर्माणका  साथै  १०  वर्षे  जनयुद्धका शहीद  र  तिनका  परिवारहरु,  बेपत्ता परिवार,  घाइते,  अपांग  सबैमा  एउटा आशा  पलाएको छ  । त्यो आशालाई सरकार  तथा जिल्लाबाट  प्रतिनिधित्व गर्ने  नेतृत्वले  गम्भिरतापूर्वक  ख्याल गर्न आवश्यक छ । हुन त त्यो रोल्पामा मात्र सम्बन्धित विषय होइन तर पनि रोल्पा अन्य जिल्लाको तुलनामा अलि धेरै नै प्रभावित भएको जिल्ला भएकोले पनि  बढि  चासोका  साथ  हेर्नुपर्ने देखिन्छ । विकास निर्माणका सवालमा रोल्पा  १०  वर्ष  पछि  धकेलिएकोले क्षतिपूर्ती सहित विकास कार्य अगाडि आउनुपर्ने  रोल्पालीको  माग  अझै सम्बोधन  हुनसकेको  छैन  ।

गाउँगाउँमा  सडक  सञ्जाल  भएपनि त्यसको स्तरोन्नति हुन  नसक्दा झन् बाढी  पहिरोको  त्रासदीपूर्ण  जीवन बाँच्नुपर्ने  बाध्यता  रही आएको  छ  । यी  यावत्  समस्यालाई  समाधान  गर्न र  खासगरि  मुलुकको  समग्र राजनीतिक  अस्तव्यस्ततालाई व्यवस्थित पार्न जरुरी छ । झोकको भरमा  हुने  सरकार  परिवर्तन  तथा राजनीतिक  चलखेललाई  रोक्न कार्यकारी  प्रमुखको  बाटोमा  जाने सद्बुद्धि  दलहरुलाई  मिलोस्  । नेपालीको  भविष्यमाथि  नै  नेतृत्वको अस्थित्व  अडिएकोले  यसतर्फ सरकारको ध्यान अवश्य जानेछ ।
–२०७३ साल साउन २५ गते मंगलबार प्रकाशित

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger