जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

यो कस्तो राजनीति ?

0 comments

नवीन लोचनमगर
अहिले मुलुकमा सरकार परिवर्तन र यसबाट उत्पन्न परिस्थितिबारे व्यापक हलचल पैदा भएको छ । आ–आफ्ना बुझाई र भावना अनुरुप विचार दृष्टिकोणहरु सार्वजनिक हुनुलाई सामान्य रुपमा लिइए पनि राजनीतिक विषयबस्तुमै केन्द्रीत रहेर गरिने तीब्र छेंडछाडले व्यक्ति र समुदायमा कटुता पैदा गर्न सक्छ । सामाजिक सञ्जालहरु खासगरि फेसबुक, ट्वीटरहरुमा जबरजस्त मान्छेका भावनाहरु पोखिइरहेका छन् तर त्यसले पार्ने दीर्घकालीन प्रभावको बारेमा हामी पूरै अनविज्ञ बनिरहेका छौं । सरकार परिवर्तन हुनु, कुनै अमुख व्यक्ति प्रधानमन्त्री बन्नु, झोकको भरमा दाउपेच गर्नु नेपाली संस्कार बनिसकेको छ । यो संस्कार हामी आफैले बसालेका हौं । 

समग्रमा राज्य सञ्चालन प्रक्रिया गलत हुनुले नै यसप्रकारको उतारचढाव एवम् तरङ्ग बेलाबेला देखिन गर्छ । यसबाट हामी किन यति धेरै तरङ्गीत हुन्छौं ? जब राजनीतिका कुरा आउँछ, नेता र नेतृत्वको कुरा आउँछ । हामीले आफ्नो धरतललाई पूरै विर्सिएर हावामै आकाशमा उड्न थाल्छौं । सरकार रहँदैमा परिवर्तन हुँदैमा सर्वसाधारण नागरिकको स्तरमा खासै परिवर्तन के हुन्छ र हामी यसरी आतिन्छौं ? कोही आत्तिएर आफ्नो थातथलोमा अर्को कुनै ग्रहबाट एलिट पस्नआएजस्तो गर्ने अनि कोही मात्तिएर हावामै फुरफुर नाच्नुको अर्थ कहाँनेर छ ? 

क्रियाप्रतिक्रिया हुनु अस्वभाविक होइन, तर हामी यतिसम्म गर्छौ कि सामाजिक सहिष्णुता नै खलबलियोस् । आज मात्र हो समाजमा बस्ने । भोलि नै बसाई सर्दैछ जस्तो । हामीमा राजनीतिक संस्कार छैन । राजनीति गर्नेले संस्कार पनि सिक्नुपर्छ । राजनीतिमा दुष्मन र मित्र कोही हुँदैन । दुष्मनसँग पनि हात मिलाउनुपर्ने सत्यतालाई किन नजर अन्दान गरिँदैन ? के.पी. ओली, प्रचण्ड, शेरबहादुर देउवाले हात मिलाउँदा दुष्मनीपूर्ण तरिकाले बाझाबाझ गर्ने भूँइमान्छेहरुको अस्थित्व कहाँनेर रहन्छ ? नेताहरु सत्ता र कुर्सीको लागि दाउँपेच गर्छन् तर हामी ? हाम्रो दाउँपेचले कहाँनेर के प्राप्त हुन्छ ? कति संकिर्ण छौं हामी ? 

हामी खुशी हुनुपर्ने त्यतिबेला हो जतिबेला यो समग्र राज्य व्यवस्था सञ्चालन प्रक्रिया सुध्रिन्छ । प्रत्यक्ष निर्वाचित कार्यकारीको नारा अलापेर भोट सोहोर्ने अनि जनतालाई आँखामा छारो हालिदिएर कुर्सीकै वरिपरि लुटपुटाउने यी एमाले माओवादी दुवैले आफ्ना पृष्ठभूमि केलाउन आवश्यक छ । राज्यसञ्चालन प्रक्रिया सुधार्ने अहिलेको एउटा उपाय भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हो । त्यतातर्फ हामीले आफ्नो चेहेरा मिल्ने पार्टीलाई कहिल्यै दवाव दिने आँत ग¥यौ ? अरुलाई राष्ट्रियता, राजनीति सिकाउनेले हामी आफैले कति सिक्यौं । सम्पूर्ण नीतिहरुको राजा राजनीति भन्छौं । 

राजनीतिले नै सबै नीति निर्माण गर्ने हो । हामी सचेत वर्गले राजनीतिलाई गलत ढंगले प्रयोग हुन नदिन खबरदारी गर्ने पो काम होला त । गलत राजनीतिक चलखेललाई निरुत्साहित गर्न समालोचनात्मक ढंगले विश्लेषण गर्नुपर्छ । नेता तथा दलले गरेका राम्रो कामको प्रशंसा गर्न सिकौं र गलत कार्यलाई निरुत्साहित गरौं । आफ्नोले गरेपछि जे पनि आँखा चिम्लेर सत्य देख्ने अरुले गरेपछि राम्रै कामलाई पनि गलत दृष्टिकोणले विश्लेषण गरिदिने, यो राम्रो परम्परा होइन । कुनै पनि व्यक्तिको राम्रा कामका प्रशंसक सचेत नेपाली जो पनि हुन्छ । तर यसको मतलव यो होइन कि त्यो व्यक्ति बाहेक अरु सबै झुर हुन्, केही जान्दैनन् ।

राजनीतिभन्दा अछुटो भएर तपाइले यो भनाई पढिरहनुभएको छ भने तपाई गलत हुनुहुन्छ । के.पी. सरकारबाट बाहिर जाँदैगर्दा अध्याँरो मुख लाउँदै छुस्स छुस्स बोल्ने तपाई एमाले (!?) अनि जीवनमै पहिलोपटक शहरको कुनै ठूलो महल चिट्ठामा परेझैं गरेर बुरुक बुरुक उफ्रिने तपाई कांग्रेस माओवादी (!?) ले कृपया राजनीतिक संस्कार सिक्नुस्, सबैको सहअस्तित्वलाई स्वीकार गर्नुस् । समाजमा अटाउनलाई सबैको आदत सहनुपर्छ । स्वतन्त्र पेशा अपनाए पनि हामी सबै राजनीतिक दृष्टिकोण विचारभन्दा बाहिर छौं भनेर कसैले कल्पना गर्छ भने त्यो मुर्ख हो । हामी सबै राजनीतिक चेत भएका प्राणी हौं । 

विप्लव माओवादी भन्दा पनि भित्र घनघोर जंगलमा पस्दै छैन एमाले र संसदीय राज्य व्यवस्था भन्दा पनि भित्रै राजाको टाङमुनी छिर्दैछैन कांग्रेस माओवादी । दलहरुको सहमति र सहकार्य बेगर सिन्को पनि भाँचिने छैन । त्यसैले हामी सबै सहिष्णु बनौं । आत्तिने र मात्तिने काम कम गरौं । प्रधानमन्त्री जो भए पनि, सरकार जसको चले पनि सँगै हिड्ने साथी त तपाई र म नै होइन र ?
–२०७३ साल साउन ११ गते मंगलबार प्रकाशित

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger