जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

इलाका प्रशासन विस्तार गर्न माग

0 comments

अमरसिंह घर्तीमगर, संघर्ष समिति संयोजक
साउन १८, रोल्पा । रोल्पाको २ नं. निर्वाचन क्षेत्रको घर्तीगाउँमा विस्तार गर्ने भनिएको इलाका प्रशासन कार्यालय समयमा विस्तार नहुँदा पश्चिम रोल्पाबासी आक्रोशित बनेका छन् । विस्तार गर्ने भनिएको लामो समय भइसक्दा पनि कसैले वास्ता नगरेको भन्दै उनीहरुले सेवा केन्द्र स्थापना संघर्ष समिति बनाई संघर्षका विभिन्न कार्यक्रम समेत सार्वजनिक गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा मागका विषयमा ध्यानाकर्षण गराउँदै संघर्ष समितिका संयोजक अमरसिंह घर्तीमगरले साउन २५ गतेभित्र आवश्यक पहल गर्न अल्टिमेटम समेत दिइएको जानकारी दिनुभयो । इलाका प्रशासन कार्यालयको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका समितिलाई प्रमुख जिल्ला अधिकारी तथा दलहरुले चित्त बुझ्दो जवाफ दिन नसकेको भन्दै उनीहरु थप आक्रोशित भएका छन् । दल तथा हाकिमहरुले इच्छाशक्ति नदेखाएका कारण सेवा केन्द्र स्थापना हुन नसकेको समितिका संयोजक घर्तीमगरले बताए ।

यता प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले भने कर्मचारी अभाव, आवश्यक पूर्वाधारको कमी लगायतका समस्या भएका कारण तत्काल सेवा केन्द्र स्थापना गर्न सम्भव नभएको बताए । इलाका प्रशासन प्रमुखका रुपमा मनोहर थापा आइसकेको भए पनि अन्य कर्मचारीहरु नभएको उनको भनाई थियो । जिल्लाकै कामकाजमा कर्मचारी अपुग भइरहेको बेला जिल्लाबाट कटौटी गरेर कर्मचारी पठाउन नसकिने उनको बताए ।

संघर्ष समितिले इलाका प्रशासनका निम्ति आवश्यक पर्ने बैंक, मालपोत, नापी, टेलिकम सबैसँग सेवा केन्द्र स्थापनाको निम्ति अनुरोध गरेको जनाएको छ । प्रशासनले तदारुपता देखाएमा आफूहरु पनि जान सकिने प्रतिक्रिया दिएको संघर्ष समितिका संयोजक घर्तीमगरले बताए ।

संघीय संरचनाअनुसार गाउँपालिकाको अवधारणा आइसकेको सन्दर्भमा पूरानो निर्वाचन क्षेत्रको आधारमा सेवा केन्द्र स्थापनाको माग गर्नु त्यति सान्दर्भिक नभएको दलहरुको प्रतिक्रिया छ । संघीय संरचनाले सेवा स्वतः विस्तार भइरहेको सन्दर्भमा गाउँपालिका विभाजन नहुँदै केन्द्र स्थापना गर्दा व्यवहारिक नहुने उनीहरुको टिप्पणी छ । 

तर संघर्ष समितिले भने सेवा विस्तारले गाउँपालिकाकै अभ्यास हुने र त्यसले संघीयताको संरचनामा झन् फाइदा हुने बताएको छ । समितिले आफूहरुको मागका विषयमा प्रशासन तथा दलहरु गम्भिर नभए थप संघर्षका कार्यक्रम गर्ने बताएको छ । जसअनुसार २८ गते जिल्ला प्रशासन घेराउ गर्ने र अझ सुनुवाई नभएमा १८ गाविसमा सम्पूर्ण कामकाज थप्प पार्ने तथा जिल्लाका सम्पूर्ण सरकारी कार्यालय बन्द गर्ने चेतावनी दिएको छ ।

पश्चिमी रोल्पाको प्रमुख व्यापारिक केन्द्रको रुपमा लिइने घर्तीगाउँमा भएका इलाकास्तरका सरकारी संरचनाहरु द्वन्द्वको समयमा तत्कालीन विद्रोही माओवादीले प्रहरी चौकी आक्रमण गरेपछि ध्वस्त भएका थिए भने सुरक्षाको कारण देखाउँदै सरकारी सेवा सुविधा सदरमुकाम सारिएको थियो ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger