जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

मानव स्वास्थ्यमा लापरवाही किन ?

0 comments

नवीन लोचनमगर
स्वास्थ्य हरेक प्राणीका लागि सबैभन्दा प्रिय र आत्मीय चिज हो । जब प्राणी स्वस्थ रहन्छ तब जीवनका अनेक चक्रहरु विकसित हुँदै जान्छन् । मानव जीवनमा स्वास्थ्यको महत्व यो आकाश भन्दा पनि फराकिलो छ, जो नाप्न सकिन्न । हामी स्वस्थ रहँदासम्म मात्र यो दुनियाँ उज्यालो रहने हो ।

स्वास्थ्य सेवा हरेक नागरिकको नैसर्गिक अधिकारको रुपमा हामी लिन्छौं । यी अधिकारमा हामी कति दुरगामी महत्वका साथ पाइला सारिरहेका छौं भन्ने प्रश्न हरेक नागरिकको जीवनस्तरको मापनबाट पत्ता लगाउन सक्छौं । नेपाल, भौगोलिक विकटतासँगै प्राकृतिक ऐश्वर्याले छटाछुल्ल छ विश्वभरि । प्राकृतिक जडिबुटीको भण्डार त नेपाल हो नै । त्यति धेरै जनघनत्व तथा निकै ठूला शहरहरु नभएको नेपालको स्वास्थ्य अवस्था किन दयनीय छ ? प्रश्न आफ्नै लागि पनि घाटक छ । नेपाल सरकारले मुलुकभरि नै आधारभूत स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यसहित आफ्ना गतिविधि गरिरहेको छ । स्वास्थ्य सेवामा गुणस्तरीयता तथा सुधारको कुरा पनि बेला बेला नउठेको होइन । तर ग्रामीण भेगमा हुने दयनीय स्वास्थ्य सेवाले मुलुककै स्वास्थ्य अवस्था नाजुक रहेको प्रतित हुन्छ ।

रोल्पामा पनि स्वास्थ्य अवस्था सोचेभन्दा कमजोर छ । जिल्ला अस्पतालमा हुनुपर्ने आधारभूत स्वास्थ्य सुविधा पनि उपलब्ध छैनन् । भवन चुहिनु, औषधी सकिनु, विशेषज्ञ डाक्टर नहुनु, उपकरण विग्रिनु यस्ता समस्या रोल्पाका लागि अब नयाँ रहेनन् । ग्रामीण भेगमा रहेको मानव स्वास्थ्यप्रतिको बेथिति पनि बेला बेला मिडियामा आउँछन् । भू–बनावट, सामाजिक सचेतनामा कमी, विकासका पूर्वाधारमा अपर्याप्तता आदि कारणले पनि स्वास्थ्य सेवा प्रभाव त पार्छ नै तर पनि उपलब्ध चिजबाट गर्नसकिने सुधारात्मक कार्यप्रति पनि स्वास्थ्यकर्मी तथा सरोकारवाला अचेत देखिन्छन् ।

वर्षातको समयमा मानव शरिरमा अनेक रोग व्याधीहरुको संक्रमण बढ्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा पनि मानव स्वास्थ्यमा लापरवाही गर्नु स्वास्थ्यकर्मीको अपराध हो । स्वास्थ्यकर्मीहरुले मादकपदार्थ सेवन गर्ने, विरामीहरुलाई हप्कीडप्की गर्ने, म्याद नाघेका तथा गुणस्तरहीन औषधी वितरण गर्ने कार्य स्वास्थ्यकर्मीहरुबाट हुने गरेको गुनासो बेला बेला आउने गरेका छन् । सदरमुकाम लिबाङबाट झण्डै २८ कोष टाढा पश्चिम रोल्पाको पाछाबाङको स्वास्थ्य अवस्थालाई हेर्दा हरेक सचेत व्यक्तिलाई आक्रोशित र भावुक दुवै बनाउँछ ।

त्यहाँ पुग्दा विरामीको बेडमा डाक्टर स्वयम् डुङ्डङ्टी गन्हाउँदै सुतिरहेका हुन्छन् । त्यहाँ कार्यरत स्वास्थ्यकर्मीका अनुसार अहेव भूपेन्द्र ओली दैनिक मदिरा सेवन गरेर स्वास्थ्य चौकी आउने र बिरामीलाई त हुन्छ नै अन्य सहकर्मी स्वास्थ्यकर्मीलाई समेत तनाव दिने गरेको बताउँछन् । यसअघिका गाविस सचिव चन्द्रप्रकाश शर्माले औषधी तुरुन्त स्वास्थ्यचौकी ल्याउन निर्देशन दिएको बताएका थिए । तर महिनौदेखि बागमारामै औषधी थन्किएको थियो । शर्माले ओलीकै कारण सब अस्तव्यस्त भएको बताएका थिए । पाछाबाङ गाविस कार्यालयले मदिरा सेवन गर्नेलाई कार्वाही गर्ने सूचना रेडियोमै बजाइरहेको छ । तर ती स्वास्थ्यकर्मीलाई स्वास्थ्य समितिका अध्यक्ष समेत रहने गाविस सचिवले देख्दैनन् ?

यस विषयमा भर्खर कार्यक्षेत्र लिएर गाविस पुगेका सचिव ललित कुमार बुढामगरले केही दिन अघिमात्रै बैठक बसालेर औषधी तत्काल ल्याउन आदेश गरेको बताए । स्वास्थ्यचौकी पाछाबाङमा बिरामीका लागि जीवनजल समेत छैन । जिल्ला स्वास्थ्य कार्यालयले औषधी पर्याप्त भएको बताएको छ । धुवानीका लागि भाडा समेत दिने गरेको बताए पनि पाछाबाङमा औषधी किन पुगेन ? के जिल्ला स्वास्थ्य कार्यालय पनि अनुगमण तथा सुपरिवेक्षण गर्नुपर्ने होइन र ? त्यस्ता स्वास्थ्यकर्मीलाई जिल्ला स्वास्थ्य कार्यालयले नै पाले हुँदैन ? पाछाबाङ्ी जनताको तर्फबाट जिल्ला स्वास्थ्य कार्यालयलाई गम्भिर ध्यानाकर्षण छ ।

ग्रामीण भेगमा खट्ने कोही यस्ता स्वास्थ्यकर्मी पनि छन् । जो सम्भावनाको खोजी गर्दै शहर, सुविधा छोडेर गाउँ पस्छन् । जनताको स्वास्थ्यमा आफ्नो जीवन देख्छन् र ‘जीवनको माया’लाई खुकुरीको धारमा राखेर नाप्छन् । ती स्वास्थ्यकर्मीलाई भने हरेक नागरिकले सलामी गर्नैपर्छ ।

अन्तमा, स्वास्थ्य सेवा सुधार गर्न गुणस्तरहीन, म्याद नाघेका औषधी प्रयोग भएको पाइएमा तत्काल कार्वाही, अपरिपक्व र अयोग्य डाक्टरहरुलाई बहिष्कार, गुणस्तरहीन उपकरणको खारेजी गर्दै सेवामा गुणस्तरता र सुधार ल्याउन जरुरी छ । हरेक स्वास्थ्यकर्मी मानव स्वास्थ्यप्रति जिम्मेवार रही सेवा प्रवाह गर्नु कर्तव्य ठानेर अगाडि बढ्नु आवश्यक छ । सामाजिक अभियानमा हिडेका सचेत नागरिकहरुले गलत क्रियाकलापको भण्डाफोर गर्दै हरेक सेवा प्रदायक निकायलाई नागरिकमैत्री बनाउन खबरदारी गरिरहनुपर्ने हुन्छ ।
–२०७३ भदौ ०७ गते मंगलबार सनस्टारमा प्रकाशित

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger