जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

राष्ट्र र राष्ट्रियताभन्दा माथि कोही छैनः उपराष्ट्रपति पुन

0 comments

माघ २, रोल्पा 
उपराष्ट्रपति नन्द बहादुर पुनले राष्ट्र र राष्ट्रियताभन्दा माथि कोही नभएको भन्दै दलहरुलाई एक ठाउँमा उभिएर मुलुकको समृद्धिका लागि सोच्न आग्रह गरेका छन् । एकले अर्काको पहिचान तथा अस्थित्व स्वीकार गरी अगाडि बढेमात्र राष्ट्रिय एकता थप बजबुत र सुदृढ हुने उनको भनाई छ । अनेकताबीचको एकता नै नेपालीको विशेषता भएको भन्दै उनले सबै नागरिक अधिकार सम्पन्न भएपछि मात्रै राष्ट्र बलियो हुने बताए । ‘विभिन्न समुदाय बीचको एकताबाट मात्रै हामीले राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता र नेपाली जनताको स्वतन्त्रतालाई थप बलियो बनाउन सक्छौं’ उनले भने ।

उपलब्धीको संस्थागत जरुरी
पुनले संविधान कार्यान्वयन गर्दै जनयुद्ध लगायत विभिन्न ऐतिहासिक संघर्षहरुबाट प्राप्त उपलब्धिहरुलाई पूर्णरुपमा संस्थागत गर्ने प्रक्रिया सुरु भएको बताए । ‘नेपालमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था जस्ता महत्वपूर्ण अग्रगामी राजनीतिक परिवर्तनहरु हासिल भएका छन्’ उपराष्ट्रपति पुनले भने ‘यी राजनीतिक उपलब्धिहरु संविधानतः संस्थागत भइसकेको भएपनि केही चुनौती बाँकी छन् ।’ संविधान कार्यान्वयनमा केही असन्तुष्टि रहेपनि सरकार र राजनीतिक दलहरुले बुद्धिमतापूर्वक असमझदारी हटाएर संविधान कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे ।

रोल्पाको विकासबारे
उपराष्ट्रपति पुनले रोल्पा जिल्लाको विकास र समृद्धिका लागि पर्याप्त बजेट विनियोजन गर्न अर्थमन्त्रीलाई आग्रह गरेका छन् । जिल्लाका केही महत्वपूर्ण विकासका योजनाहरु अझै पूरा हुन नसकेको भन्दै उनले दशवर्ष जनयुद्धमा रोल्पाले गरेको उच्च बलिदानको कदर गर्नका लागि पनि विकास निर्माणमा उच्च प्राथमिकता दिन सरकारसँग आग्रह समेत गरे । ‘माडी जलविद्युत आयोजना, माडीखोला पक्की पुल, शहीदमार्ग कालोपत्रे लगायतका विकास निर्माणका कामहरुलाई तीब्रता दिन र रोल्पाको आवश्यकता अनुसारको परियोजनाहरु सञ्चालन गर्न पनि ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भने ‘मलाई पूर्ण विश्वास छ, त्यसतर्फ अर्थमन्त्रीज्यूको ध्यान अवश्य जानेछ ।’

दोस्रोपटक गृह जिल्ला
उपराष्ट्रपति नन्दबहादुर पुन उपराष्ट्रपति भएपछि दोस्रो पटक गृहजिल्ला पुगेका छन् । रोल्पा माडी सांस्कृतिक तथा खेलकुद महोत्सवको उद्घाटन गर्न पुन रोल्पाको माडीचौर पुगेका हुन् । माडीचौरमा महोत्सवको उद्घाटन गर्दै पुनले जिल्लाको न्यानो आतिथ्यता तथा स्वागतको खुलेर प्रशंसा गरे । इमान्दारिता र निष्ठापूर्वक कर्तव्य पालन रोल्पालीको संस्कृतिको भएको बताए । ‘हामी रोल्पाली त्यस्तो सौभाग्यशाली पुस्ता हौं’ पुनले भने ‘जसले कठिन संघर्षबाट प्रकृति र पूर्खाले बनाएको पहिचानमा नयाँ पहिचान थपेका छौं ।’ उनले अर्थमन्त्री कृष्णबहादुर महरा सबै रोल्पाली राजनीतिज्ञहरुको गुरु भएको समेत बताए । उपराष्ट्रपति पुनले पूर्वी रोल्पाको सुलिचौर–गाम सडकखण्ड अन्तर्गत निर्माणाधिन रहेको त्रिपल आरको सडकको समेत उद्घाटन गरेका छन् । साथै सोही अवसरमा सञ्चालन अवरुद्ध वडाचौर विमानस्थलको पनि स्थलगत निरीक्षण गरेका छन् ।

संविधानमै असर गर्ने गतिविधि नगरौं
सभामुख ओनसरी घर्तीमगरले संविधानमै असर पर्ने खालका गतिविधि तथा अभिव्यक्ति नदिन दलहरुलाई आग्रह गरेकी छन् । कतिपय दलहरुले प्राप्त उपलब्धि नै गुम्ने गरी गतिविधि गरिरहेको भन्दै सभामुख घर्तीमगरले त्यसो नगर्न दलहरुलाई आग्रह समेत गरे । एक अर्को प्रसँगमा बोल्दै सभामुख घर्तीमगरले कथित उच्च जातले मात्र राजनीति गर्ने संस्कार सकिएको भन्दै हरेक महिलाहरु अब अगाडि बढ्नुपर्ने समय आएको बताइन् । ‘संविधानले सबैलाई समान अधिकार दिएको छ’ सभामुख घर्तीमगरले भनिन् ‘त्यसको उपयोग गर्न सबैलाई आग्रह गर्छु ।’ उनले माडीचौरमै हुर्किएर सभामुख बनेको स्मरण गर्दै रोल्पाको विकासका लागि आफू सधै गम्भिर रहेको बताइन् । रोल्पाका लागि पर्याप्त बजेट विनियोजन हुँदै आएको भएपनि फ्रिज भएर जाने दुर्दशा अझै कायम रहेको भन्दै गुनासो गरिन् । आफूले रोल्पा उज्यालो, आधुनिक शिक्षा लगायतका कुरामा विशेष ध्यान दिएको समेत उनले बताइन् ।

रोल्पालाई मन खोलेर बजेट
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले रोल्पाका लागि आफूले पर्याप्त बजेट विनियोजन गर्ने आश्वासन दिएका छन् । ‘रोल्पाको लागि दिल खोलेर बजेट विनियोजन गर्ने सोचेको छु’ महराले भने ‘बजेट फ्रिज हुन नदिन तपाईहरु सक्रिय हुनुस् ।’ केही योजनाहरुलाई विशेष प्राथमिकता दिएको भन्दै उनले अपूरो योजनाहरु पूर्ण गर्न रोल्पाली नागरिक र दलहरुलाई आग्रह समेत गरे । त्यस्तै कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री वर्षमान पुनले रोल्पाको विकासका लागि सबैको एकता आवश्यक रहेको बताए ।
संघीयतामा अखण्डको कुरा गरेर केही दलले संविधान कार्यान्वयनमै अवरोध गर्न खोजेको उनले आरोप लगाए ।
माघी सकरातीको अवसरमा हरेक वर्ष लाग्ने माडी महोत्सव यसपटक १ माघदेखि ५ गतेसम्म आयोजना गरिएको छ । महोत्सवकै अवसरमा एकलाख पुरस्कार सहितको माडी कप फूटबल समेत आयोजना गरिएको छ ।


Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger