जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

रोल्पामा मात्रै पौने तेइस करोड निकासा

0 comments

रोल्पा, माघ ६ 
अर्थमन्त्रालयले रोल्पामा मात्रै विभिन्न शिर्षकमा गरी कुल २२ करोड ८८ लाख रकम विनियोजन गरेको छ । २५ पुसको निकासा नं. १५५ बाट एघार करोड दश लाख र २७ पुस निकासा नं. १६८ बाट एघार करोड ७८ लाख निकासा गरिएको अर्थमन्त्रालयले जनाएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले रोल्पाको विकासका लागि आफूले पर्याप्त बजेट विनियोजन गरेको बताए ।

सबै रकम सडकमा
अर्थमन्त्रालयबाट निकासा गरिएको सबै रकम सडकमा खर्च गरिने भएको छ । निकासा नं. १५५ मा १४ शिर्षकमा जिल्लाका विभिन्न सडकहरुलाई रकम निकासा गरिएको छ । जसमा सबै भन्दा धेरै लोक मनहरी पुर्खे सुनार शहीद मार्ग र सुलिचौर गुम्चाल हार्जङ स्यूरी गाम हुँदै मध्यपहाडी लोकमार्ग जोड्ने सडकका लागि समान एक करोड पचास लाख रकम निकासा गरिएको छ । त्यस्तै निकासा नं. १६८ अन्तर्गत १८ शिर्षकमध्ये सबैभन्दा धेरै बुढागाउँ जुगार गैरिगाउँ तिला मोटरबाटो र जङ्कोट बुडहर कुरेली मिरुल सडकका लागि समान एक करोड पचास लाखको निकासा रहेको छ ।

मन खोलेर बजेट
गत आइतबार रोल्पा पुगेका अर्थमन्त्री महराले रोल्पालाई मन खोलेर बजेट विनियोजन गर्ने बताएका थिए । केही मागका फाइल अगाडि बढिसकेको र अरु पनि अगाडि बढ्ने आश्वासन दिँदै महराले जिल्लामा विनियोजन गरिएका सबै बजेट समयमै खर्च गर्न सकेत आग्रह गरेका थिए । उनको बोलिसँगै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पर्याप्त बजेट व्यवस्था गर्न आग्रह गरेका थिए । पर्याप्त बजेट विनियोजन गरिए पनि काम नहुने र अन्ततः फ्रिज भएर जाने समस्याभएको भन्दै सभामुख ओनसरी घर्तीमगरले त्यसको खबरदारी दल तथा जनताले गर्नुपर्ने बताएकी थिइन् ।

बाटो बनाउन सेना परिचालन
उपराष्ट्रपति नन्दबहादुर पुनले रोल्पाको सुलिचौर गाम सडक खण्डमा रहेको शिरक्याङ भीर फोर्न आफूले नेपाली सेनालाई आग्रह गरेको बताए । ‘मैले प्रधान सेनापतिलाई बोलाएरै भनेको छु’ उपराष्ट्रपति पुनले भने ‘शिरक्याङ भीर फोर्न अब धेरै समय लाग्नेछैन ।’
सरकारले आर्थिक क्षेत्रलाई मध्यनजर गर्दै विभिन्न महत्वकांक्षी योजना समेत सार्वजनिक गरेको अर्थमन्त्रीका स्वकीय सचिव निमकान्त डाँगीले जानकारी दिए । ‘एक व्यक्ति एक बैंक खाता’, एक स्थानीय सरकार एक एकीकृत व्यवसाय’ जस्ता योजनाहरु अघि सारिएको डाँगीले बताए । दश वटा आर्थिक क्षेत्रलाई परिलक्षित गरी सार्वजनिक गरिएका योजनाहरुमा समष्टिगत आर्थिक क्षेत्र, रोजगारी सिर्जना, पुनर्निर्माण, राजश्व प्रशासन, मौद्रिक र वित्तीय क्षेत्र, बैदेशिक सहायता र लगानी, बाह्य क्षेत्र, निजी क्षेत्र विकास, सार्वजनिक संस्थान, पूर्वाधार निर्माण, अन्तर मन्त्रालय समन्वय तथा अनुगमन लगायतका क्षेत्रमा कार्यक्रम तर्जुमा गरेको मन्त्रालयले जनाएको छ ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger