जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

स्थानीय स्रोतको परिचालनबाट पनि समृद्ध

0 comments

रोल्पा, माघ ६
पश्चिम रोल्पाको मिरुलमा रहेको जीवैखोला लघु जलविद्युत आयोजनाको सभामुख ओनसरी घर्तीमगरले उद्घाटन गर्नुभएको छ । मिरुलको उक्त जलविद्युतको सभामुखले पावर हाउसको मेनस्वीच अन गरेर उद्घाटन गर्नुभएको हो ।

बेस नेपालको अनुदान र स्थानीयको जनश्रमदान गरी करिब एक करोड बढीको लागतमा निर्माण गरिएको उक्त विद्युत आयोजनाले मिरुल ५, ४ र ८ नम्बर वडाका करिब २ सय ५३ घरधुरी लाभान्वित हुने बेस नेपालका फिल्ड सुपरभाइजर दर्जित रोकामगरले जानकारी दिनुभयो । साढे १५ किलोवाट क्षमताको उक्त जलविद्युतको उद्घाटन गर्दै सभामुख घर्तीले आफूसँग भएको साधनस्रोतको अधिकतम प्रयोग गरेर मात्रै पनि समृद्ध समाज निर्माण गर्नसकिने बताउनुभयो ।

एक अर्को प्रसंगमा बोल्दै घर्तीले जनताको त्याग र बलिदानले देशमा गणतन्त्र स्थापना भएको भन्दै सबै भाषा, जात, धर्म, संस्कृतिलाई संविधानले सर्वस्वीकार्य बनाएको बताउनुभयो । साथै उहाँले संविधानले महिलाको अधिकारलाई थप बढाएकोले अब हुने स्थानीय तहको निर्वाचनमा अनिवार्य आफूलाई अग्रसर बनाउन महिलाहरुलाई आग्रह समेत गर्नुभयो ।

सभामुख घर्तीले भाबाङमा रहेको टेलिकम टावर, कुरेली उपाबाङमा रहेको विद्यालयमा उमावि सञ्चालन लगायतका ठाउँहरुमा समेत सहभागी जनाएको बताइएको छ ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger