जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

माडी महोत्सवः उपराष्ट्रपतिले उद्घाटन सभामुखले समापन

0 comments

रोल्पा, माघ ६
रोल्पाको माडीचौरमा १ माघदेखि जारी ‘रोल्पा माडी सांस्कृतिक तथा खेलकुद महोत्सव’ बिहीबार सकिएको छ । माघीको अवसरमा आयोजित उक्त महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए । महोत्सवमा आयोजित एकलाख पुरस्कार सहितको माडी कप फुटबल हिमचुली युवा क्लब सुलिचौरले हात पारेको छ । त्यस्तै रोल्पा यातायात प्रालि उपविजेता बन्दै पचासहजार हात पारेको छ । यस्तै रम्जाबेसी युवा क्लव र नवचेतना युवा क्लव सेमिफाइनालिष्ट बन्दै २५÷२५ हजार नगद हात पारेका छन् ।

भलिबलमा चतुर्भूज र जलजला
पुरुष भलिबलतर्फ चतुर्भूज युवा क्लव विजेता भएको छ भने शहीद स्मृति युवा क्लव उपविजेता भएको छ । माडी जलजला युवा क्लव जङ्कोट र शान्तिचौर युवा क्लव सेमिफाइनलिष्ट बनेका छन् । विजेताहरुले क्रमशः पचास, पच्चीस र दश÷दशहजार नगद प्राप्त गरेका छन् । महिला भलिबलतर्फ जलजला युवा क्लव पाछाबाङले ५० हजार नगदसहित विजेता भएको छ । त्यस्तै रिमिक्स कोर्चाबाङ २५ हजारसहित उपविजेता, शहीद स्मृति राङ्सी र मावि माडीचौर सेमिफाइनालिष्ट भएका छन् । विजयी टिमलाई सभामुख ओनसरी घर्तीमगरले पुरस्कार वितरण गरेकी थिइन् ।

टेबुल टेनिस 
टेबुल टेनिस अन्तर्गत सिनियरतर्फ यामबहादुर गुरुङ र निर्मल राणा प्रथम, रक्ष वली र प्रेम प्रकाश हमाल दोस्रो र लोक केसी र राजेन्द्र कक्षपतिको टिम तेस्रो भएका छन् । त्यस्तै  जुनियरतर्फ रासबहादुर थापाको टिम प्रथम, पूर्ण थापा र एलरबिन श्रेष्ठ दोस्रो, यामबहादुर केसी र ईन्द्रबहादुर थापाको टोलि तेस्रो भएका छन् । टेबुल टेनिसका लागि २५ टिमको प्रतिष्पर्धा रहेको थियो ।  विजेताहरुले एकमुष्ट १२ हजार नगद र प्रमाण पत्र प्राप्त गरेको अध्यक्ष यामबहादुर गुरुङले बताए ।

व्याडमिन्टन
ब्याडमिन्टनतर्फ गोविन्द अधिकारी र दलबहादुर रावत प्रथम, रुपेश अधिकारी र कैलाश अधिकारी दोस्रो, वीरबहादुर घर्ती र कमल थापा तथा डिल्ली आचार्य र निमबहादुर केसीको समूह सेमिफाइनालिष्ट बनेका थिए । बिजेताले क्रमशः सातहजार, चारहजार र समान दुइहजार प्राप्त गरेको ब्याडमिन्टन संघका अध्यक्ष बेगम हमालले जानकारी दिए ।
ललित साहित्य परिषद्, रोल्पाको समन्वयमा आयोजित खुल्ला गजल प्रतियोगितामा दाङका बसन्त वली बसन्ती प्रथम, रोल्पाका लोकेन्द्र सेन दोश्रो, धबाङका रबिन्द्र सुनार तेश्रो र राङ्सीका बिमल बाठाँमगर सान्त्वना भएका छन् । लोकदोहोरी प्रतियोगितातर्फ लोकदोहोरी प्रतिष्ठान रोल्पा प्रथम, माडी जलजला युवा क्लब दोश्रो, उमावि राङ्सी तेश्रो भएको छ । उद्घाटन कार्यक्रममा प्रस्तुत झाँकीहरुको समेत मूल्यांकन गरी पुरस्कृत गरिएको थियो ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger